सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

आज कहाँको मौसम कस्तो ?

जल तथा मौसम विज्ञान विभागले देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ । पश्चिमी वायुको प्रभावका कारण बिहान पहाडी क्षेत्रका केही स्थानमा आंशिक बदली रहेको छ भने बाँकी भागको मौसम सफा रहेको छ ।

Sana Kishan

विभागका अनुसार उच्च पहाडी तथा हिमाली भूभागमा हिमपातको सम्भावना रहेको हो । दिउँसो गण्डकी प्रदेशलगायत मुलुकका पहाडी भूभागमा आंशिक बदली रहनेछ । बाँकी भूभागको मौसम सामान्यतया सफा रहने विभागको अनुमान छ ।

यस्तै, कोसी, वाग्मती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा हिमपातको सम्भावना रहेको छ । विभागले आज राति कोसी, वाग्मती र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा आंशिक बदली रहनुका साथै बाँकी भागको मौसम सफा रहने जनाएको छ । मकालु खबर बाट साभार

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.

Close