सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

देउडा गायक जे आर भट्टले बिरामीहरूलाई फलफूल वितरण गर्दै मनाए जन्मदिन

कञ्चनपुर । चर्चित देउडा गायक जे आर भट्टले आफ्नो जन्मदिन अस्पतालमा मनाएका छन। गायक भट्टले धनगढीको नोभा अस्पतालमा आफ्नो २३ औं जन्मदिन मनाएका हुन्।

विगतका बर्षहरुमा उनले अनाथ आश्रममा तथा बृद्धाआश्रममा जन्मदिन मनाउने गरेको तर यो बर्ष आफ्नो बहिनी बिरामी भएर नोभा अस्पतालमा भर्ना भएको बेला जन्मदिन पर्न गएकाले नोभा अस्पतालमै जन्मदिन मनाएको बताए ।

Sana Kishan

सुदूरपश्चिमको कला संस्कृति जोगाउन लागेका युवा भट्टले आफ्नो जन्मदिनको अवसरमा अस्पतालमा रहेका बिरामीहरूलाई फलफूल वितरण गर्दै जन्मदिन मनाएको बताए ।

World Link Ads

उनले भने ‘विगतका वर्षहरूमा अनाथ आश्रम तथा वृद्धाश्रममा जन्मदिन मनाउने म यो वर्ष आफ्नै बहिनी अस्पताल भर्ना भएको हुँदा बिरामी पर्दा को पिडा महसुस भएको हुनाले बिरामीहरूको मनोबल बढाउने हेतुले फलफूल वितरण गर्दै अस्पतालमा जन्मदिन मनाए।’ उनले होटलमा गएर आफनो जन्मदिन मनाउन खर्च गर्नु भन्दा आवश्यकता परेको मान्छेलाई सहयोग गर्न आग्रह गरे।

अस्पतालका सञ्चालक लोकराज भट्ट तथा अस्पतालमा कार्यरत डाक्टर र नर्सहरूले गायक भट्टले गरेको कामको प्रशंसा गरेका छन्। फलफूल वितरणमा कलाकार अमृत नाथ र सामाजिक अभियन्ता बाशुदेब भट्टको सहयोग रहेको गायक भट्टको भनाई रहेको छ।

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.

Close