Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

भारतीय पक्षले सीमा पिलरदेखि सडक कालोपत्रे गर्दै

प्रकाश भट्ट by प्रकाश भट्ट
कार्तिक २१, २०८०
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

कञ्चनपुर । भारतीय पक्षले कञ्चनपुर स्थित सीमा क्षेत्रमा पिलरदेखि सडक कालोपत्रेको काम गरेपछि नेपाली पक्षले विरोध जनाएको छ । भारतीय पक्षले गत सातादेखि नेपाल भारत कञ्चनपुरको भीमदत्त नगरपालिका ११ गड्डाचौकी स्थित ८०५/१(७) नम्बर पिलर क्षेत्रबाटै सडक कालोपत्रे गरेपछि नेपाली पक्षले विरोध जनाएको हो । सीमावर्ती नेपाली भूभाग क्षेत्रमा नेपालबाट सडक निर्माण, कलभर्ट सहितका संरचना निर्माण गर्दा भारतीय पक्षले अनेकन बाधा अडचन गर्ने तर आफूले दशगजा मिलेर सीमा पिलर सम्मै कालोपत्रे गर्ने भन्दै विरोध जनाएका हुन । गत असारमा सोही क्षेत्र सीमावर्ती सडक हिलाम्मे भएपछि भीमदत्त नगरपालिका ११ नम्बर वडाले ग्राभिल हाल्ने क्रममा भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले अवरोध गरेको थियो, तर आफू भने सीमावर्ती क्षेत्रमा एकलौटी रुपमा सडक स्तरोन्नतिका कार्य गरिरहेको भन्दै उक्त कार्यको भर्त्सना जाहेर गरिएको छ । 

भीमदत्त नगरपालिका ११ का वडाध्यक्ष प्रकाश थापाले सीमा क्षेत्रमा नेपाली पक्षले आफ्नै भूमिमा संरचना निर्माण गर्दा अवरोध गर्ने अनि दशगजा र सीमा पिलर क्षेत्रमै पुगेर सडक कालोपत्रे कार्य निन्दनीय भएको बताए । ‘हामीले गत असारमा यात्रुको समस्यालाई मध्य नजर गर्दै पिलरदेखि उत्तरतर्फ नेपाल जाने सडकमा ग्राभिल हाल्ने क्रममै भारतीय पक्षबाट अवरोध गरिएको थियो, ‘उनले भने, ‘आज आएर भारतीय पक्षले एकलौटी रुपमा सडक फराकिलो सहित कालोपत्रे गरिरहेको यस स्थानीय प्रशासनलाई मतलब नै छैन ।’ स्थानीय युवा एवम् क्रान्तिकारी कम्युनिष्ट पार्टी कञ्चनपुरका नेता दिपेन्द्र सिह ऐरीले भारतीय पक्षले नेपाली भूमिमाथि गर्दै आएको हस्तक्षेपको निरन्तरता भएको बताए । उनले सीमा जस्तो संवेदनशिल क्षेत्रमा भारतीय पक्षबाट खुलेयाम सडक कालोपत्रे हुने र अनि नेपाली पक्षबाट आफ्नै भूमिका संरचना बनाउँदा अवरोध गर्ने भारतीय प्रवृत्ति हस्तक्षेपको उपज भएको बताए । 

यस्ता राष्ट्रियताका विषयमा सबै दल नागरिक एकजुट हुनुपर्ने उनको सुझाव छ । भीनपा ११ भुजेलाकै स्थानीय तेज रावलले समेत सीमा पिलरदेखि नै कालोपत्रे गर्ने कार्य भारतीय पक्षले बलमिच्याँई गरिरहेको भन्दै यसरी सीमा दशगजा क्षेत्रमा कालोपत्रे गर्ने कार्य गर्न नहुने बताए । उनले नेपाल सरकार, स्थानीय प्रशासनसँगको अनुमति बिनै उक्त कार्य गर्न नहुने बताए । कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी गोपाल प्रसाद अधिकारीले पहिलाकै सडक मर्मत गरेको वा नयाँ बनाएको बारेमा थप बुझ्ने बताए । ‘हामीलाई भारतीय पक्षले पुरानै सडक मर्मत गरेको बारे सशस्त्र प्रहरी मार्फत जानकारी आएको छ, ‘प्रजिअ अधिकारीले भने, ‘नयाँ मर्मत वा निर्माण गरेको बारे थप बुझ्छौँ ।’

प्रकाश भट्ट

प्रकाश भट्ट

सम्बन्धित

भीमदत्तका १९ वटै वडामा सरसफाइ अभियान सञ्चालन गर्दै शिक्षा युवा क्लब
कन्चनपुर

भीमदत्तका १९ वटै वडामा सरसफाइ अभियान सञ्चालन गर्दै शिक्षा युवा क्लब

साउन ३१, २०८३
कोड फेस्ट सम्पन्न, टेम्पेस्ट ट्रान्जिस्टर्स विजेता
कन्चनपुर

कोड फेस्ट सम्पन्न, टेम्पेस्ट ट्रान्जिस्टर्स विजेता

साउन ३१, २०८३
एनएनएसडब्ल्यूए-को २७ औँ वार्षीक साधारण सभा तथा सातौँ महाधिवेशन सम्पन्न, नयाँ कार्य समिति चयन
कन्चनपुर

एनएनएसडब्ल्यूए-को २७ औँ वार्षीक साधारण सभा तथा सातौँ महाधिवेशन सम्पन्न, नयाँ कार्य समिति चयन

साउन ३१, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

जुनु प्रसाईको ‘झगडा पर्यो पोइसित’ सार्वजनिक, प्रकाश सपुतसँगै देखिइन् भिडियोमा

जुनु प्रसाईको ‘झगडा पर्यो पोइसित’ सार्वजनिक, प्रकाश सपुतसँगै देखिइन् भिडियोमा

भदौ ७, २०८३
८०१ सवारीसाधनबाट ५५ लाखसम्म : नेपालको अटोमोबाइल क्षेत्रको ५० वर्षे यात्रा

८०१ सवारीसाधनबाट ५५ लाखसम्म : नेपालको अटोमोबाइल क्षेत्रको ५० वर्षे यात्रा

भदौ ७, २०८३
भूमिसम्बन्धी समस्या समाधानमा तीनै तहका सरकारबीच सहकार्य आवश्यक : मन्त्री रावल

भूमिसम्बन्धी समस्या समाधानमा तीनै तहका सरकारबीच सहकार्य आवश्यक : मन्त्री रावल

भदौ ७, २०८३
व्यापार तथा लगानी विस्तारका लागि चेम्बर र एनआरएनएबीच सहकार्य

व्यापार तथा लगानी विस्तारका लागि चेम्बर र एनआरएनएबीच सहकार्य

भदौ ७, २०८३
विद्यालय शिक्षा विधेयकमा सरोकारवालाका सुझाव समेटिने, मन्त्री पोखरेलको प्रतिबद्धता

विद्यालय शिक्षा विधेयकमा सरोकारवालाका सुझाव समेटिने, मन्त्री पोखरेलको प्रतिबद्धता

भदौ ७, २०८३
पर्वतारोहणमा दक्ष जनशक्ति पलायन रोक्न सबै एकजुट हुनुपर्छ : सांसद शेर्पा

पर्वतारोहणमा दक्ष जनशक्ति पलायन रोक्न सबै एकजुट हुनुपर्छ : सांसद शेर्पा

भदौ ७, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व