सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

भारतको राजस्थानबाट मनसुन बाहिरियो, नेपालमा कमजोर बन्दै

भारतको राजस्थानबाट मनसुन बाहिरिएको औपचारिक घोषणा भएको छ । नेपालमा मनसुन भित्रने क्रम पूर्वबाट शुरु हुने र बाहिरिने क्रम पश्चिमबाट शुरु हुने भएकोले राजस्थानबाट मनसुन बाहिरिनुलाई नेपालमा पनि मनसुन कमजोर हुन थालेको सङ्केतका रूपमा लिइन्छ ।

नेपालबाट मौसम बाहिरिने औसत मिति अक्टुबर २ पनि नजिकिएको छ । अघिल्लो वर्षको तथ्याङ्कअनुसार राजस्थानबाट मनसुन बाहिरिएको एक हप्तापछि नेपालबाट बाहिरिएकोले यस वर्ष पनि त्यही आसपासमा बाहिरिन सक्ने मौसम पूर्वानुमान महाशाखाका मौसमविद् गोविन्द झाले बताउनुभयो । तर राजस्थानबाट मनसुन बाहिरिएपछि पनि हावाको गति लगायतका कारणले प्रभाव पार्ने भएकोले नेपालबाट बाहिरिन केही दिन लाग्न सक्ने उहाँले बताउनुभयो ।

तीन दिन ठूलो पानी पर्दैन

World Link Ads
Mahakali Polytechnic
Sana Kishan

नेपालमा केही दिनदेखि मनसुन कमजोर बनेको छ । पछिल्लो २४ घण्टामा कपिलवस्तु र आसपासका क्षेत्रमा बाहेक अन्यत्र ठूलो पानी परेको छैन । मौसम पूर्वानुमान माहाशाखाले आज सोमवार बेलुका ६ बजे निकालेको मौसमी बुलेटिनमा पनि अबका तीन दिन ठूलो पानी पर्ने सम्भावना कम रहेको उल्लेख छ । आज बिहान पनि कपिलवस्तु र आसपासमा ठूलो पानी परेकोले केही ठाउँमा अझै ठूलो पानी पर्ने सम्भावनालाई भने नकार्न नसकिने उहाँले बताउनुभयो ।

Dirghayu Ads

यो मनसुनमा कम वर्षा

जल तथा मौसम विभागको तथ्याङ्कअनुसार नेपालमा यो वर्ष मनसुन शुरु भएपछि आजसम्म एक हजार दुई सय ९५ मिलिमिटर औसत वर्षा भएको छ । जुन मनसुन अवधिमा हुने कुल औसत वर्षा एक हजार चार सय ७२ मिलिमिटरको ८८ प्रशित हो । यो वर्षा औसतभन्दा कम रहेको मौसमविद् झाले बताउनुभयो ।

विभागले यस वर्ष मनसुन शुरु हुनुअघि नै कम वर्षाको अनुमान गरेको थियो । अब मनसुन सक्रिय रहने समय पनि कम रहेकोले मनसुनको वर्षा औसतमा पुग्ने सम्भावना कम रहेको मौसमविद् झाले बताउनुभयो । उज्यालो अनलाइन बाट साभार

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.