Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

परदेशिनु रहर होइन बाध्यता ….

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
अशोज ८, २०८०
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

समय – सात बजे
स्थान – आफ्नै घर
पात्रहरू – बा र छोरा

सूर्यास्त भइसकेको छ, सन्ध्याकालीन ससय छ।बा ले सात बजेको समाचार सुनेर बसिरहेका छन्। बाहिर सिरसिर हावा चलिरहेको छ! आमै भान्सामा खाना बनाउँदै छिन्। छोरो थकित गलेका पाउहरुले घरको मूलढोका प्रवेश गर्दै भन्छ!

छोरा : (आत्तिए झै गरेरे) ए बा बा ! अब म पनि विदेशतिर लाग्नु पर्ला है ! हातमा सर्टिफिकेट बोकेर सहरका गल्ली गल्ली, यो द्वार र त्यो द्वार धाउँदा धाउँदै थाकिसके,  गलिसके !

बा : (रेडियोको आवाज कम गर्दै) होइन के भन्छ यो !देस पो छोड्ने कुरा गर्छ (नम्र स्वरमा सम्झाउदै) हेर बाबु , तराईलाई शितलता दिने पहाडी भिरपाखा छ, हाम्रा कथा र ब्यथा भुलाउने संस्कृति छ, हिमाललाई न्यानो दिने तराईको काख छ ! यस्तो अनुपम सृष्टिको रचना भएको आफ्नो देश छोडी परदेशिने कुरा नगर न हौ बाबु!

छोरा : मलाई पनि त आफ्नै मुलुक बस्ने इच्छा नभाको कहाँ हो र बा ? जब एस .ई.ई.पछि उच्च शिक्षा हासिल गराउन मलाई सहर पठायौ त्यतिबेला नै मैले तिम्रा र आमाोइका आँखामा धेरै सपनाहरु देखेको थिएं बा ! (मन अमिलो पार्दै)नेपालको राजनीतिक अस्थिरता, भ्रष्टाचार, व्यभिचार, नाताबाद र कृपाबाद मौलाएको ठाउँमा हाम्रा योग्यता र क्षमता ओझेलमा परे बा ! अब यहाँ बस्ने रहर नै मरिसक्यो !

बा: (पुर्पुरोमा हात राख्दै)बारओटा कक्षा पास गर्यो छोरोले भनेर सहर पठाए गल्ती मेरै हो कि !छोडिदे अब सहरको बसाइँ पनि बिदेश लाग्ने कुरो पनि ! कोठाको भाडा घरबेटीलाई दिएर अब कहिल्यै नजाने गरी आइज ; गुन्द्रुक, ढिँडो आटो जे हुन्छ तेही खाऔँला ,बिगनेस बेपार जे गर्न मन लाग्छ यतै गरे भैगोनि त!

छोरो: हुन त हुन्थ्यो नि बा (गम्दै)गाउँ पसेर पनि क्यार्नु ; रित्तिएको छ भकारी, चुलोमा आगो बल्या छैन,आमाका चोली फाटिसके !राज्यले दिएको शै िक्षक बेरोजगारी रिणपनि हामीजस्ता निर्धाले कहाँ पाइएला र बा ! कि नेताका कार्यकर्ता हुनु पर्यो कि नातेदार! (सुइय सुइय गर्द) लाग्छ अब त मेरालागि कहिकतै ठाउँ भएजस्तो लाग्दैन यसैले मैले निर्णय लिइसके बा ! मैले विदेश पस्नैपर्छ ।

बा : (रुन्चे स्वरमा)भाको एउटा छोरो न गाउँ बस्न खोज्छस् ,खालि विदेसिन्छु भन्छस्!मेरो मुटुमा भालै रोपिस् नि बाबु ! हामी त डाँडामाथिको घाम कुन बेला सास रोकिन्छ !!

छोरा: आफ्नै माटोमा पसिना बगाउँला मरे पनि बाँचेपनि यही मरुला र गरुला भनेकै थिएँ तर भने र सोचेजस्तो अवस्था सृजना भएन बा!
स्यालहरु को रजाईं छ, गिद्धहरु सिनो ढुकेर बसिरहेका छन्!यसैले परदेसिनुको विकल्प रहेन बा !आज म मात्र होइन वर्षेनी लाखौंको हाराहारीमा युवाहरु विदेशिन वाध्य भएका छन् , लाग्छ यही अवस्था यथावत रहेको खण्डमा म मात्र होइन अबको एक दशकमा (आधा नेपाल ) युवायुवतीले आफ्नो भूमि छोडिसकेका हुनेछन् बा ! दुःखले भन्नुपर्दा चाउरी परेका हजारौं बा आमाको मलिन अनुहार र निर्दोष आँखाले आफ्ना सन्तानहरु फर्केर आउने बाटो हर्दै कुरेर बस्नेछन् !

बा: हामी मरिहाले मुखमा पानी हाल्ने,मर्दा दागबत्ती दिने तँ नै होस् बाबु !(शिरको टोपी मिलाउँदै) तलाई था छ नि ! विश्वको ध्यान आकृष्ट गर्ने सगरमाथाको प्राकृतिक मनोमछटाले मोहित नहुने कोही छैन ! नागबेली नदी,लकरव गर्दै उद्धेलन भई शीतलता अनि उर्वरता बढाइरहेका छन्;यस्ता जलविहारले तलाई खोजिरहेछन् बाबु!

छोरा: बा त्यस्तो मरिहाल्ने कुरा नगर न है ! (जोसिदै)जबसम्म मेरो शरीरमा रगत र सास रहन्छ तबसम्म तिम्रो शिरको एउटा रौँ झर्न दिनेछैन!थाहा छ बा ! मेरो देश प्राकृतिक, सांस्कृतिक, जलसम्पदा,वनसम्पदा सम्पूर्ण कुराले सम्पन्न छ सधैं सचेत र उर्जाशील रहन हामीले हरदिन दियो बाल्ने संस्कृतिलाई अँगाले तापनि शुम्भ निशुम्भरुपी मानवहरु रहँदासम्म यो देशमा बसेर कदापि उभो लाग्न सकिदैन बा !

बा: (स्तब्ध ) आमाले खाना खान बोलाइरहेकी छ बाबु !
छोरा: (रुखो हाँसो देखाउँदै) हवस् बा जाऔँ!

दुबै खाना खान जान्छन्
पर्दा खस्छ!!

 

परदेशिनु रहर होइन बाध्यता

 – रञ्जना लम्साल थापा

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

ह्विलचेयरबाट राज्य र समाजलाई सहायक प्राध्यापक धामीको प्रश्न : ‘दयाभन्दा अधिकार चाहिन्छ’
विचार/ब्लग

ह्विलचेयरबाट राज्य र समाजलाई सहायक प्राध्यापक धामीको प्रश्न : ‘दयाभन्दा अधिकार चाहिन्छ’

असार ३, २०८३
ऋणको भारी बोक्दै उत्पादनको सपना: बजेटमा महत्वाकांक्षा धेरै, कार्यान्वयनमा चुनौती
विचार/ब्लग

ऋणको भारी बोक्दै उत्पादनको सपना: बजेटमा महत्वाकांक्षा धेरै, कार्यान्वयनमा चुनौती

जेष्ठ २३, २०८३
काँग्रेसभित्र सुधारको आवाज उठाउनु गलत होइन : नेता मिश्र
मुख्य समाचार

काँग्रेसभित्र सुधारको आवाज उठाउनु गलत होइन : नेता मिश्र

जेष्ठ १०, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

सुनचाँदीको भाउ सामान्य घट्यो

सुनचाँदीको भाउ सामान्य घट्यो

असार ४, २०८३
झापामा हात्ती नियन्त्रणका लागि ‘स्पेसल टास्क फोर्स’ परिचालन हुने

झापामा हात्ती नियन्त्रणका लागि ‘स्पेसल टास्क फोर्स’ परिचालन हुने

असार ४, २०८३
चीन भ्रमण द्विपक्षीय सम्बन्ध विस्तारमा फलदायी : परराष्ट्रमन्त्री

चीन भ्रमण द्विपक्षीय सम्बन्ध विस्तारमा फलदायी : परराष्ट्रमन्त्री

असार ४, २०८३
विदेशी पीआर लिएर लामो समयदेखि गायब कर्मचारीसँग स्पष्टीकरण माग

विदेशी पीआर लिएर लामो समयदेखि गायब कर्मचारीसँग स्पष्टीकरण माग

असार ४, २०८३
फिफा विश्वकपमा कोलम्बियाको शानदार जित

फिफा विश्वकपमा कोलम्बियाको शानदार जित

असार ४, २०८३
गुगुल्डि साहित्यिक मासिक पत्रिकाको २९ औँ वार्षिकोत्सवमा ८ जना सर्जक सम्मानित हुँदै (नामावलीसहित)

गुगुल्डि साहित्यिक मासिक पत्रिकाको २९ औँ वार्षिकोत्सवमा ८ जना सर्जक सम्मानित हुँदै (नामावलीसहित)

असार ३, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व