जसरी मुस्कान आयो अधरमा ठोकियो
त्यसरी निधार आयो पत्थरमा ठोकियो
समृद्धि यसरी चम्कियो कि यो देशमा
उज्यालो फर्कियो गाउँ घरमा ठोकियो
अब कुनै भ्रम छैन मलाई म मुक्त भैसके
देखियो माकुरा आयो मच्छरमा ठोकियो
स्मृतिहरूको मीठो संग्रह बनाउछु जीवन
बिर्सिन्छु घाउहरू जुन सफरमा ठोकियो
फल लाग्दैन जति स्याहारे पनि यो खेत
बीउ पनि गएर सायद बन्जरमा ठोकियो
गाउँमा कुनै अभाव थिएन तर सहर आए
अभाव पीडा सबै आएर सहरमा ठोकियो
त्यही चौतारीको याद आयो र यो आँखा
कहिले पिपलमा र कहिले बरमा ठोकियो
जिन्दगी खुल्ला पुस्तक भनेर पढन थाले,
आँखा आएर पुस्तकको कभरमा ठोकियो
गाउँमा कुनै अभाव थिएन तर सहर आए ….
धर्मानन्द भट्ट
36 पोस्ट
धर्मानन्द भट्ट सुदूरपश्चिम खबरका सल्लाहकार हुन् ।
सम्वन्धित समाचार