जसरी मुस्कान आयो अधरमा ठोकियो
त्यसरी निधार आयो पत्थरमा ठोकियो
समृद्धि यसरी चम्कियो कि यो देशमा
उज्यालो फर्कियो गाउँ घरमा ठोकियो
अब कुनै भ्रम छैन मलाई म मुक्त भैसके
देखियो माकुरा आयो मच्छरमा ठोकियो
स्मृतिहरूको मीठो संग्रह बनाउछु जीवन
बिर्सिन्छु घाउहरू जुन सफरमा ठोकियो
फल लाग्दैन जति स्याहारे पनि यो खेत
बीउ पनि गएर सायद बन्जरमा ठोकियो
गाउँमा कुनै अभाव थिएन तर सहर आए
अभाव पीडा सबै आएर सहरमा ठोकियो
त्यही चौतारीको याद आयो र यो आँखा
कहिले पिपलमा र कहिले बरमा ठोकियो
जिन्दगी खुल्ला पुस्तक भनेर पढन थाले,
आँखा आएर पुस्तकको कभरमा ठोकियो
सञ्चालक: मनिषा भट्ट
अतिथि सम्पादक: हिरा कुमारी भट्ट
सम्पादक: बिरेन्द्र कलौनी
कार्यकारी प्रमुख: प्रकाश भट्ट
फोटो पत्रकार: दिपक नाथ
संवाददाता: रबि भट्ट









Discussion about this post