कञ्चनपुर – कञ्चनपुरको भीमदत्त नगरपालिका १८ भाषीमा रहेको सुदूरपश्चिमकै अग्रणी शैक्षिक संस्था जनज्योति बहुमुखी क्याम्पसले स्नातक तह चौथो वर्षमा अध्ययनरत विद्यार्थीलाई बिदाई गरेको छ । बिहीबार जनज्योति माविको हलमा एक कार्यक्रमको आयोजना गर्दै शिक्षा सङ्काय र मानविकी सङ्कायका स्नातक तह चौथो वर्षका विद्यार्थीलाई बिदाई गरिएको क्याम्पसले जनाएको छ।
सो अवसरमा बोल्दै जनज्योति बहुमुखी क्याम्पसका प्रमुख प्रकाश जोशीले तपाईँलाई सबैभन्दा धेरै माया गर्ने र प्रगति चाहने भनेकै आमा बुवा र शिक्षक भएकाले म केही गर्न सक्छु भन्ने भावना राखेर अगाडि बढ्न विद्यार्थीलाई आग्रह गरेका छन्।
त्यसैगरी जनज्योति माविका प्रधानाध्यापक सुरेन्द्र राज जोशीले स्नातक तह सानो नभएकाले यो शिक्षालाई सर्टिफिकेटको रुपमा मात्र लिन नहुने बताउँदै जीवनको वास्तविक परीक्षा अब सुरु भएकाले यसलाई गम्भीरतापूर्वक लिई शैक्षिक गन्तव्यलाई अझ अगाडि बढाउन आग्रह गरेका छन्। कार्यक्रममा जनज्योति बहुमुखी क्याम्पसका प्राध्यापक, विद्यार्थी कर्मचारी लगायतको भव्य उपस्थिति रहेको थियो।
Discussion about this post