निरन्तर झरिरहेछन् पानीका थोपाहरू
उल्झन बनेर, म सहन गर्न सक्दै छैन्
आँखामा उसको तस्बीर, उसँगको पल

झमझमी रिटिरहेछ, म भुल्न सक्दै छैन्
आँसु बनेर छल्किदैछन् भावनाहरु
भावुक भएर बसेको छु म पनि
आशाहरु मरिसके, सपनाहरु टुटीसके
म हराउन थालेको छु आफ्नै सोचहरुमा
म समेटिन थालेको छु उल्झनहरुमा
राती त निद्रा हैन उसकाे याद आउँछ
दिनमा कालो छाया सधैं मेरो साथ धाउँछ
उसले मलाई माया गरेको म कसरी मान्नु
उसले गरेकै भए त यसरी छोडी त नजानु

कसम खाथियो छोडेर जान्न भनेर समेत
अहिले तोडेर जादा समेत मन पग्लेन्
जति धेरै माया गरेको थियो उति नै
पीडा दिएर गएछ, म सहन सक्दै छैन्
मलाई आफुविना बाँच्न नसक्ने बनाएर
बाचे बाच, मरे मर भनेर जान केही बेर गरेन
तर हिम्मत भने धेरै थियो उसमा
धेरै माया गर्ने मान्छे छाडेर जो गई
म कमजोर थिए बस उसले मेरो
यही कमजोरीको फाइदा उठायो
अनि ऐनामा कैद भएको मान्छे म
आकाशमा चिल हैन सपना उड्न थाले
✍️ प्रकाश भट्ट
