सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

सीमा क्षेत्रमा सहज आवागमनको वातावरण मिलाउन जोड

कञ्चनपुर : सीमावर्ती कञ्चनपुरका उद्योगी व्यवसायीले सीमा नाका क्षेत्रमा सहज आवागमनको वातावरण बनाईदिनुपर्नेमा जोडदिएका छन । बिहीबार भारतको बनबासामा भएको नेपाल भारतका उद्योगी व्यवसायीसंगको छलफलमा नेपाल (कञ्चनपुर) का उद्योगी व्यवसायाीले सीमा क्षेत्रमा सहज आवागमन बनाईनुपर्नेमा जोडदिएका हुन । नेपाल भारत दुवै देशका नागरिकलाई बनबासा–गड्डाचौकीमा दुवै देशका सुरक्षा निकाय, कष्टम, ट्राफिक लगायतबाट अनावश्यक दुख दिने भन्दै उक्त विषयलाई सहजिकरण गर्नुपर्नेमा जोडदिएका हुन ।

 

कञ्चनपुर उद्योग वाणिज्य संघका अध्यक्ष पिताम्बर जोशी सीमा क्षेत्रमा जिम्मेबार निकायबाट हुने दुव्र्यवहार रोक्नुपर्ने बताए । ‘दुवै तर्फ दुवै देशका नागरिकका लागि सुरक्षित, सहज यात्रा गराउन भूमिका निर्वाह गराउनुपर्छ, ‘उनले भने, ‘चेकजाँचका नाममा दुख दिनु हुँदैन ।’

कञ्चनपुर उद्योग वाणिज्य संघका पुर्व अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य जंग बहादुर मल्लले बनबासा–गड्डाचौकी सहज यात्रका लागि सिधै सवारी साधन मार्फत अघि बढाउनुपर्नेमा जोडदिए । ‘सीमा क्षेत्रमा दुवै तर्फ देखिएको लागु औषध नियन्त्रणमा विशेष अभियान चलाउनुपर्छ, ‘उनले भने, ‘दुवै तर्फका लागु औषधका तस्करमाथि सीमावर्ती क्षेत्रमा सुरक्षाकर्मीले नियन्त्रण गर्नुपर्छ ।’

Mahakali Polytechnic

World Link Ads

कञ्चनपुर होटल व्यवसायी संघका अध्यक्ष जगदिशचन्द्र भट्टले गड्डाचौकी–बनबासा नाका सम्भावना बोकेको भएकाले दुवैबाट आपसी समझदारी अनुरुप अघि बढ्नुपर्नेमा जोडदिए । कञ्चनपुर वाणिज्य संघका सदस्य तथा युवा उद्यमी तेज बहादुर चन्दले बनबासा पुल खुल्ने अवधि बृद्धि गर्दै भारतीय कष्टमबाट नेपाली मजदुरबाट अनावश्यक अशुली बन्द गर्नुपर्ने सुझाव दिए ।

Sana Kishan

युवा उद्यमी महेश बोहराले भारतीय सीमा सुरक्षा बल(एसएसबी)ले चेकजाँचका नाममा अनावश्यक दुख दिने गरेको बताए । अर्का युवा उद्यम धर्म रावलले सीमावर्ती क्षेत्रमा मानविय व्यवहार आचरण सुधारमा जोडदिए । बनबासा व्यापार मण्डलका महासचिव अभिषेक गोयलले दुवै देशका उद्योगी, व्यवसायी एव आम सर्वसाधारणका लागि सहज वातावरणमा जोडदिए ।

भारतीय टनकपुरका अधिकारी अबिनाश बर्माले सीमावर्ती क्षेत्रमा अनाश्यक रकम सकलन गर्ने, बढि भाडा लिने दुव्र्यवहार मान्य नहुने भन्दै दुवै देशका नागरिकका लागि आवागमन सुरक्षित बनाईन पहल गरिने बताए । प्रस्तावित गड्डाचौकी सशस्त्र प्रहरी बलका गुल्मपती सशस्त्र प्रहरी नायब उपरीक्षक सुदन आचार्यले समेत दुवै सीमा क्षेत्रमा दुवै देशका नागरिकका लागि सहज यात्रा बनाउन वातावरण बनाईने बताए ।

Dirghayu Ads
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.