सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

मानसिक स्वास्थ्य समस्या भएकी युवतीको उद्धार

कञ्चनपुर : शुक्लाफाँटा नगरपालिका–१० झलारी बजारबाट मानसिक स्वास्थ्य समस्या भएकी युवतीको उद्धार गरिएको छ। बुधबार शुक्लाफाँटाका नगर प्रमुख रणबहादुर महराको पहलमा भीमदत्त नगरपालिका–१३ पिपरियाकी २० वर्षीया सिमा सुनारको उद्धार गरिएको हो। दुई हप्तादेखि सडकमै बस्दै आएकी युवतीको उद्धार थिइन्।

उनलाई धनगढीस्थित मानव सेवा आश्रमको जिम्मा लगाइएको नगर प्रमुख महराले बताए। ‘गत वर्ष ४ जना मानसिक समस्या भएका, बेवारिसे बालबालिका तथा महिलाको उद्धार गरेका थियौं,’ उनले भने, ‘मानव सेवा आश्रमलाई पनि सहयोग गर्दै आएका छौं।’ नगरपालिकाले गत वर्ष मानव सेवा आश्रमलाई १ लाख सहयोग गरेको थियो। ‘यस वर्ष पनि मानव सेवा आश्रमलाई सहयोग गर्ने नगरपालिकाको योजना छ,’ उनले भने।

Dirghayu Ads
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.