सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

वर्षौ देखि बन्द रहेको पार्कमा सरसफाई

कञ्चनपुर : भीनपा –१६ मा रहेको बालबाटिका पार्कमा परिर्वतन ग्रुपको पहलमा सरसफाई गरिएको छ । लाखौं रुपैया खर्च गरेर बनाएको पार्क अहिले सम्म सञ्चालनमा आउन सकेको थिएन ।
परिर्वतन ग्रुपले अहिले आएर परिर्वतन आफै बाट भन्दै सञ्चालनमा ल्याउन लागेको हो । भीनपा–१६का युवाहरुले ‘परिर्वतन आफैबाट शुरु’ भन्ने नाराका साथ असारको पहिलो साता देखि हरेक शनिबार सरसफाई आवश्यक पर्ने स्थानमा युवाहरुको समुहले सफाइ गर्दै आएको छ । सोही क्रममा आज बालबाटिका पार्कमा सरसफाई गरेको हो । उक्त कार्यमा शस्त्रप्रहरी, नेपाल प्रहरी, नेपाली सेनाका साथै टोलका अध्यक्ष र स्थानीयाले पनि सहयोग गर्दै आई रहेको वडा नं. १६ का अध्यक्ष केशव सिह विष्टले बताए, ‘उनका अनुसार ‘युवाहरु आफैं अग्रसर भएर गाउँ विकासमा हातेमालो गर्दे हिड्दा हामीलाई पनि वडा विकासमा सुविधा हुनुको साथै आवश्यक स्थानमा युवा परिचालन गर्न पनि सजिलो हुने छ ।’ कुनै पनि समाजको मेरुदण्ड भनेको युवा हुन, जसले समाजको विकासमा निकै ठुलो योगदान दिएका हुन्छन् । हाम्रा वडा नं.१६ का युवाहरुबाट अरु स्थानका युवाहरुले पनि यसरी आफ्नो गाउँ ठाँउको विकासको लागि पहल गरे समाज आफै बन्ने र युवाहरु कुलतबाट पनि बच्ने वडा अध्यक्ष विष्टले बताए ।

Dirghayu Ads
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.