कति गाह्रो छ यो समय मलाई
कति सकस छ कुर्नलाई
तिमीलाई पनि धर्ति टेक्न संसार देख्न

उतिकै गाह्रो भएको होला?
तिमी आउने बाटो कुर्दाकुर्दा
थाकिसकेका छन् मेरा आँखा
तर पनि यताउता बल लगाउंदै चिच्याईरहन्छु झट्ट
तिमी बाहिर आइहाल्छौ कि भन्ने आश बोकेर
मलाई भन्दा धेरै हतार त
यी आँखालाई छ तिमीलाई हेर्ने
तिम्रा आँखामा आमा हुनुको सौभाग्य नियाल्ने
यि अथाह रहर लुकाएर
प्रशव्य पिडा ,रूवाईहरू चुपचाप सहेकी छु
पर्खाइमा म र मेरा आँखा मात्रै होइन
अंग प्रत्यङ्ग्य थाकेका छन्
फतक्कै गलेका छन् पाऊ
हातहरू शिथिल छन्
रक्ताम्य बनेका छन् गोडाहरू
असहय पिडामा अव्यक्त प्रतीक्षा बोकेर

बसेको छ मुस्कुराउन ओठ पनि
प्रतीक्षाका बाध्यता कसक्क
गाँठो बनेर बसेका छन्
आफ्नै मुटुको धड्कनले
सताको छ मलाई यति बेला
पर्खाइ पनि दुखाई नभएर
अमृत हुनु नि
साह्रै गाह्रो हुने रहेछ कुर्नलाई
कहिले सकिएला त
मेरो यो प्रतीक्षा ?
यदि
नयाँ मान्छे तिमिलाई जन्माउँदा जन्माउँदै
मैले जिन्दगि संग हारें भने
सारालाई दुखाउँछ कि मेरो अभावले ?
थकाउँछ कि कतै
मेरा सम्झानाले ?
भन न, गलाउने पो होकि
मेरा यादहरूले ?
✍️ म्हेन्दो लामा
