सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

महिला विश्वकपमा आज दुई खेल

फिफा महिला विश्वकप फुटबलमा आज प्रिक्वार्टरफाइनल चरणका दुई खेल हुँदैछन्।

अस्ट्रेलियाको मिल्टनस्थित सनकर्प स्टेडियममा दिउँसो सवा १ बजे सुरु हुने खेलमा इंग्ल्यान्ड र नाइजेरिया भिड्दैछन्।

समूह चरणमा डेनमार्क, चीन र हाइटीलाई हराउँदै युरोकप च्याम्पियन इंग्ल्यान्ड समूह ‘डी’ को विजेताको रुपमा अन्तिम १६ मा प्रवेश गरेको थियो। नाइजेरिया समूह ‘बी’ को उपविजेताको रुपमा प्रिक्वार्टरफाइनलमा पुगेको हो।

World Link Ads
Sana Kishan

यस्तै सिड्नी ओलम्पिक पार्कमा सवा ४ बजे सुरु हुने खेलमा आयोजक अस्ट्रेलियाले डेनमार्कको सामना गर्ने छ।

घरेलु टोली अस्ट्रेलियाले नाइजेरिया, क्यानडा र आयरल्यान्डलाई पछि पार्दै समूह ‘बी’ को विजेताका रूपमा नकआउट चरणमा आफ्नो स्थान सुरक्षित गरेको थियो। डेनमार्क समूह ‘डी’ को उपविजेताको रूपमा नकआउट चरणमा छनोट भएको थियो।

हिजो भएको खेलमा साविक विजेता अमेरिका स्वीडेनसँग सडन डेथमा पराजित हुँदै प्रिक्वार्टरफाइनलबाटै बाहिरिएको छ। विश्वकपको नवौं संस्करणसम्म पुग्दा अमेरिका उपाधि विहीन बन्दै पहिलो पटक बाहिरिएको हो। हिजै भएको खेलमा उपविजेता नेदरल्याण्ड्सले दक्षिण अफ्रिकालाई हराउँदै अन्तिम आठमा पुगेको छ। यसअघि भएको खेलमा जापान स्पेनले पनि अन्तिम ८ मा स्थान सुरक्षित गरेका छन्।

सेमिफाइनल प्रवेशका लागि स्पेन र नेदरल्याण्ड्स आमने सामने हुँदा जापानले स्वीडेनसँग प्रतिस्पर्धा गर्ने छ। थाहा खबर बाट सभार

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.

Close