सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

प्रवास नेपाली सम्पर्क विभाग जापानले जापानभरि समिति गठन गर्ने

प्रकाश भट्ट, कञ्चनपुर – प्रवास नेपाली सम्पर्क विभाग जापानले जापानभरि क्षेत्रिय समिति तथा उपसमिति गठन गर्ने भएको छ। प्रवास नेपाली सम्पर्क विभाग जापानले जापानका ४ वटा क्षेत्रमा क्षेत्रिय समिति गठन गरिसकेको र अगस्ट १२ मा पाचौँ क्युशु क्षेत्रिय समिति गठन गर्ने तयारीमा रहेको प्रवास नेपाली सम्पर्क विभाग जापानका सभापति दिलेन्द्र जोशीले बताउनुभयो।

उहाँले भन्नुभयो ‘अहिलेसम्म खान्तो क्षेत्रीय समिती (टोक्योयो), खान्साई क्षेत्रीय समिती (ओसाका ), सेन्दाई क्षेत्रीय समिती (तोहोकु ), नागोया क्षेत्रीय समिति (चुबु) लगायतका समिति गठन भइसकेको र अगस्ट १२ मा क्युशु क्षेत्रिय समिति जापानको फुकुओकामा गठन गर्ने तयारीमा जुटेका छौँ।’ बाँकी रहेका ६ वटा क्षेत्रहरूमा पनि संगठन बिस्तार प्रकृया जारी रहेको सभापति जोशीले जानकारी दिनुभयो।

World Link Ads
Mahakali Polytechnic

Dirghayu Ads

जापानको फुकुओकामा हुने क्युशु क्षेत्रिय समिति गठन कार्यक्रमलाई राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने तथा पार्टीका उपसभापति डोल प्रसाद आर्याल ले भर्चुअल माध्यमबाट सम्बोधन समेत गर्ने उहाँले बताउनुभयो।

Sana Kishan

प्रवास नेपाली सम्पर्क विभाग जापानले जापानका विभिन्न क्षेत्रहरूमा क्षेत्रीय समिति गठनको क्रमलाई तीव्रता दिएको छ । क्षेत्रीय समिति गठन भइसकेको क्षेत्रमा उपसमिति समेत गठन गरिने प्रवास नेपाली सम्पर्क विभाग जापानका सभापति जोशीले बताउनुभयो।

नागोया क्षेत्रीय समितिले आइचिकेनमा समेत उप समिति गठन गरी सकेकोछ।

त्यसैगरी आज शनिबार प्रवास नेपाली सम्पर्क विभाग जापान चुबु (नागोया) गिफु केन उपसमिति गठन गरिएको छ। नागोया क्षेत्रीय समिति सभापति हरी श्रेस्ठ ज्युको प्रमुख अथित्यतामा १५ सदस्यीय उक्त उप-समितिमा सभापति प्रवन पाण्डे, उप सभापति बन्धु लम्साल, सचिव बसन्त चापागाईँ, -सह सचिव ईसान पन्त, कोषाध्यक्ष अमृत सुबेधी, सह कोषाध्यक्ष कृष्ण रावत, सदस्य प्रवक्ता सविता पन्थी रहेका छन् भने सदस्यमा गोविन्द पाण्डे, केशव अधिकारी, रोशन फुल्देल, अक्षय कुमार गौतम, सन्तोष चापागाईँ, अर्पन तामाङ, प्रनिल थापा र सर्मिला सापकोटा रहेका छन्।

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.