नेपाल आयल निगमले आज राती १२ बजेदेखि लागू हुने गरि पेट्रोल, मट्टीतेल र डिजेलको मूल्य बढाएको छ। एलपी ग्याँसको मूल्य भने घटाएको छ।
निगमले पेट्रोलको मूल्य प्रतिलिटर ९ रुपैयाँ र मट्टीतेल तथा डिजेलको मूल्य प्रतिलिटर ७ रुपैयाँले बढाएको हो। अहिले पेट्रोलको मूल्य प्रतिलिटर १६४ र मट्टीतेल र डिजेलको मूल्य प्रतिलिटर १४६ रुपैयाँ रहेकोमा अब पेट्रोलको मूल्य प्रतिलिटर १७३ तथा मट्टीतेल र डिजेलको मूल्य प्रतिलिटर १५३ रुपैयाँ पुगेको छ।
खाना पकाउने एल्पी ग्यासको मूल्य भने प्रतिसिलिन्डर १३० रुपैयाँ घटेको निगमले जानकारी दिएको छ। १७९० रुपैयाँ पर्दै आएको ग्यास अब १६६० मा झरेको छ । यता हवाई इन्धनको मूल्य भने यथावत छ।
निगमका प्रवक्ता मनोजकुमार ठाकुरले स्वचालित मूल्य अनुसार इन्डियन आयल कर्पोरेसनले पठाएको नयाँ मूल्य सूचीका आधारमा राती १२ बजेदेखि लागू हुने गरी मूल्य समायोजन गरिएको बताए।

थाहा खबर बाट सभार








Discussion about this post