काठमाडौं । साताको कारोबारको क्रममा बुधबार प्रि-ओपन सेसनमा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ४.८३ अंकले वृद्धि भएको छ। यो वृद्धिसँगै नेप्से परिसूचक २ हजार ६४३.७९ विन्दुमा पुगेको छ।
प्रि-ओपन सेसनमा ६९ वटा कम्पनीको २ लाख ४३ हजार ४३९ कित्ता सेयर खरिदबिक्री भएको छ। उक्त कारोबारबाट ११ करोड १८ लाख ६२ हजार ४२६ रुपैयाँ बराबरको कारोबार भएको हो।
कारोबारमा सहभागी कम्पनीमध्ये २९ वटाको सेयर मूल्य बढेको छ भने २७ वटाको मूल्य घटेको छ। त्यस्तै, ११ वटा कम्पनीको सेयर मूल्यमा कुनै परिवर्तन आएको छैन।










Discussion about this post