सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

शेयर बजार राताम्मे, आज झन्डै ३० अङ्कले घट्यो

लगातार चौथो दिन आज बिहीवार पनि शेयर बजार राताम्मे भएको छ । शेयर बजार परिसूचक नेप्से आज २९ दशमलव ७१ अङ्कले घटेर दुई हजार एक सय २६ दशमलव ४८ विन्दुमा झरेको छ ।

Sana Kishan

आज सबै समूहको शेयर घटेकोमा होटल, विकास बैंक, उत्पादन र बीमा समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ । आज सबैभन्दा धेरै किसान लघुवित्तको शेयर साढे आठ प्रतिशत तथा माइखोला हाइड्रो र प्रोग्रेसिभ फाइनान्सको शेयर पाँच प्रतिशतले घटेको छ । समग्रमा बजार राताम्मे हुँदा एनआईसी एसिया फ्लेक्सी क्याप फन्डकाे शेयर साढे सात प्रतिशत र मनकामना स्मार्ट लघुवित्तको शेयर छ प्रतिशतले बढेकाे छ ।

बजारसँगै कारोबार रकममा पनि निकै कमी आएको छ । आज ६२ लाख ७१ हजार कित्ता शेयर दुई अर्ब ४२ करोड ५७ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै शिवम् सिमेन्टको १० करोड ५७ लाख रुपैयाँको शेयर किनबेच भएको छ । उज्यालो अनलाइन बाट साभार

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.