वृक्ष दोषी कहिल्यै होइन,
फल्ने फल नै दुष्ट भए
वृक्ष राम्रो भए पुष्ट फल्ने फल
कवितांशमा सिमीत भए…
स्वाद अनुसार लियो जस्तो भोजन
अनि भाव अनुसार मिल्ने मिठो पल
रोपिन्छन् बिज
आशा हुर्काउन,बढाउन अनि फलाउन
साधिन्छन् कर्म
ती पालुवाहरुमा
दीप प्रज्वलन गर्न!
जस्तो सोच छ , उस्तै कार्य निर्धारण
सच्चा विचारले नै
नयाँ कार्य थालनी गर्छ।
कर्म र धर्मको पालना गर्न सके
त्यही नै विचार अनि व्यक्ति
पुग्दछ बन्न महान
दोषले सदै दोष नै जन्माउने गर्दछ ;
यत्रतत्र सर्वत्र झिंगाको वास गराउँछ।
बिचार अनि भावको बर्षातमा
अग्यानका रातहरुलाई छिचोल्दै
अँध्यारोलाई चिर्दै
लम्किएका यी पाइलाहरू
रोकिदैनन् तबसम्म जब लक्ष्यमा पुग्दैनन्।
फुटाउने र जुटाउने त्यो शक्ति
जतिनै सुकै शक्तिशाली किन नहोस्
जसले आफुलाई महिंसासुर ठान्छ
आयु त्यो पूरा कहिल्यै हुदैन
अहम र दम्भले
दुर्भावको रङ देखाउदै
भड्किएका कानहरु
आज सचेत छन् ; खुलेका छन्।
महेश सँग ईच्छा एउटै छ ,
धर्म सम्जेर जुट्नु छ
नथाकि आफ्नो कर्तव्य अनि गन्तव्यमा पुग्नु छ।
शिखर चडिरहेको बेला
यी पाइलाहरू
न हिजो थाके न आज
लक्ष्य गगन चुम्नलाई
आरोप, प्रत्यारोप
साहस हुन् ,
समयले दिएका हरेक चुनौतीहरुसंग लड्दै
हिजो ,आज र भोलि पनि लम्किरहनेछन्
यी पाइलाहरू….
ईर्ष्याले निम्त्याएको विचार
घमन्डले फुलेको मन
दैवलाई त स्वीकार्य छैन भने
हामी त मानव हौ ……









Discussion about this post