Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

विदेश भ्रमणमा जानेले पाँच प्रतिशत कर तिर्नुपर्ने कार्यविधि जारी

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
साउन २, २०८०
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ – आन्तरिक राजस्व विभागले वैदेशिक पर्यटन शुल्कसम्बन्धी कार्यविधि, २०८० जारी गरेको छ।

आर्थिक ऐन, २०८० को दफा २२ मा विदेशमा पर्यटन भ्रमणका लागि जाने नेपाली पर्यटकले गर्ने भुक्तानी रकममा पाँच प्रतिशतका दरले वैदेशिक पर्यटन शुल्क लाग्ने उल्लेख थियो। उक्त व्यवस्था कार्यान्वयनका लागि विभागले कार्यविधि जारी गरेको हो।

‘वैदेशिक भ्रमणको प्याकेज बिक्रेताले प्याकेज बिक्रीका बखत विदेशमा पर्यटन भ्रमणका लागि जाने नेपाली पर्यटकले गर्ने भुक्तानी रकममा पाँच प्रतिशतका दरले शुल्क लगानी असुल गर्नुपर्नेछ’, कार्यविधिमा भनिएको छ, ‘फर्म वा कम्पनीले व्यवसाय प्रवर्द्धनका सिलसिलामा आफूसम्बद्ध प्राकृतिक व्यक्तिलाई वैदेशिक भ्रमणमा लैजाँदा लाग्ने खर्च रकममा लेखाङ्कनका बखत पाँच प्रतिशतका दरले शुल्क असुल गर्नुपर्नेछ।’

प्याकेज बिक्रेता वा भ्रमणमा लैजाने फर्म तथा कम्पनीले यस्तो शुल्क करदाता सेवा कार्यालय, आन्तरिक राजस्व कार्यालय, मध्यमस्तरीय करदाता कार्यालय र ठूला करदाता कार्यालयमा बुझाउन सक्नेछन्। कार्यविधिअनुसार शुल्क असुल गर्ने र राजस्व खातामा दाखिल गर्ने प्रयोजनका लागि स्थायी लेखा नम्बर लिएको व्यक्तिले अलग्गै दर्ता गर्नुपर्ने छैन। प्याकेज बिक्रेता वा भ्रमणमा लैजाने फर्म तथा कम्पनीले संकलन गरेको शुल्क सम्बन्धित कार्यालयको कोड र तोकिएको राजस्व शीर्षकमा अर्को महिनाको २५ गतेभित्र दाखिल गरिसक्नुपर्ने व्यवस्था कार्यविधिमा राखिएको छ।

तोकिएको समयभित्र शुल्क दाखिल नगरेमा वार्षिक दुई दशमलव पाँच प्रतिशतका दरले हुन आउने थप रकम र वार्षिक १५ प्रतिशतका दरले ब्याज लाग्नेछ। उपहार खबरबाट सभार 

 

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

नेपाली बजारमा सुनचाँदीको मूल्यमा भारी गिरावट
अर्थ/ब्यापार

नेपाली बजारमा सुनचाँदीको मूल्यमा भारी गिरावट

मंसिर ४, २०८३
राष्ट्रिय कर दिवसमा उत्कृष्ट करदातालाई सम्मान
अर्थ/ब्यापार

राष्ट्रिय कर दिवसमा उत्कृष्ट करदातालाई सम्मान

मंसिर १, २०८३
लगातार घट्दै सुनको मूल्य, चाँदीमा पनि गिरावट
अर्थतन्त्र

लगातार घट्दै सुनको मूल्य, चाँदीमा पनि गिरावट

मंसिर १, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

राष्ट्रिय खेलकुद महिला क्रिकेटः बागमतीसँग सुदूरपश्चिम ७ विकेटले पराजित

राष्ट्रिय खेलकुद महिला क्रिकेटः बागमतीसँग सुदूरपश्चिम ७ विकेटले पराजित

मंसिर ९, २०८३
प्रि-ओपन सेसनमा नेप्से ४.८३ अंकले बढ्यो

प्रि-ओपन सेसनमा नेप्से ४.८३ अंकले बढ्यो

मंसिर ९, २०८३
डडेल्धुराको जगन्नाथ मन्दिरमा परम्परागत ‘खोलेइ जाँत’ सुरु

डडेल्धुराको जगन्नाथ मन्दिरमा परम्परागत ‘खोलेइ जाँत’ सुरु

मंसिर ९, २०८३
भारतमा नेपाली साहित्यकार हेमबाबुलाई अन्तर्राष्ट्रिय कला अवार्ड

भारतमा नेपाली साहित्यकार हेमबाबुलाई अन्तर्राष्ट्रिय कला अवार्ड

मंसिर ९, २०८३
जलवायु परिवर्तन र विपद् जोखिम न्यूनीकरणमा साझा प्रतिबद्धता, १३ बुँदे वेदकोट घोषणापत्र जारी

जलवायु परिवर्तन र विपद् जोखिम न्यूनीकरणमा साझा प्रतिबद्धता, १३ बुँदे वेदकोट घोषणापत्र जारी

मंसिर ९, २०८३
प्यान्क्रियाटिक क्यान्सर उपचारमा नयाँ आशा, नयाँ औषधि प्रभावकारी

प्यान्क्रियाटिक क्यान्सर उपचारमा नयाँ आशा, नयाँ औषधि प्रभावकारी

मंसिर ९, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व