सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

बेलौरीमा राष्ट्रिय सेवा दलको एन.सि.सी तालिम शुरु

हिक्मत कुमार शाही, कञ्चनपुर । कञ्चनपुरको बेलौरीमा रहेको उग्रतारा बाल बिद्यालयमा नेपाली सेनाले प्रदान गर्ने राष्टिय सेवा दल एन.सि.सि. को तालिम सोमबारबाट सुरु भएको छ । बिद्यालका १८ जना छात्र र १८ जना छात्रा गरी ३६ जना बिद्यार्थीहरु उक्त तालिममा सहभागि भएका छन । नेपाली सेनाले बि.सं २०२२ साल देखी बिद्यार्थीहरुलाई एन.सि.सि तालिम दिन शुरु गरेको छ ।

 

अनुशासित, बफादार, नेतृत्व, देशभक्त, आत्म बिश्वास, स्वयंसेवक जनशक्ति एवं सक्षम नागरिक तयार पार्ने उदेश्य यस तालिमको रहेको श्री श्रीदल गुल्म भगतपुर व्यारेकका सह सेनानी मनोज जी.सी. ले बताउनुभयो । देश निर्माणको कार्यमा सक्रिय भूमिका निभाउनका लागि देशका बिभिन्न जिल्लाहरुबाट छनौटमा परेका बिद्यार्थीहरुलाई सेनाले शारिरीक, खुकुरी ड्रिल, सैनिक कला, हाइकिङ, एरोबिक्स, मास पिटी, म्याप रिडिङ जस्ता सिपहरु सिकाईने सह सेननी मनोज जी.सी.ले जानकारी दिनु भएको छ । नेपाली सेनाले सिनियर र जुनियर गरी दुई बटा डिभिजन छुट्याएर तालिम दिने गरेको छ ।

World Link Ads

Sana Kishan

कक्षा ८ देखी १० सम्मका बिद्यार्थीहरुलाई दिईने तालिम जुनियर डिभिजनको हो भने, कक्षा ११ र १२ का बिद्यार्थीहरुलाई दिइने तालिम सिनियर डिभिजनको हो । सिनियर डिभिजनको तालिममा हतियार समेत चलाउन सिकाईन्छ । तालिम कुल १०० दिनको रहने छ, जसका ७९ दिन सम्म बिद्यालय र २१ दिन कोहलपुरमा सञ्चालन हुने छ । एन.सि.सि तालिमले बिद्यार्थीहरुको बानी व्यबहार तथा आचरणमा पनि उल्लेखनिय सुधार ल्याउने उग्रतारा बाल बिद्यालयका प्रिन्सिपल केशब सिह बिष्टले बताउनुभयो । यस बर्ष कञ्चनपुरका ५ बटा बिद्यालयहरुमा एन.सि.सि तालिम सञ्चालन भएका छन, बेलौरी स्थित उग्रतारा बाल बिद्यालय, झलारी स्थित कृष्ण माध्यमिक बिद्यालय र महेन्द्रनगर स्थित ईन्टर नेशलन पब्लिक स्कुलमा जुनियर डिभिजन र बेलौरीकै महाकाली माध्यमिक बिद्यालय र महेन्द्रनगर स्थित महेन्द्रनगर माध्यमिक बिद्यालय–साधारण) मा सिनियर डिभिजनको तालिम सञ्चालन हुने बताईएको छ ।

कार्यक्रमको उग्रतारा बाल बिद्यालयका संस्थापक तथा बिद्यालय व्यवस्थापन समिति अध्यक्ष टेक बहादुर साउदको सभापतित्व तथा श्री श्रीदल गुल्म भगतपुरका सह सेनानी मनोज ज.सी .को प्रमुख आतिथ्यमा समपन्न भएको उग्रतारा बाल बिद्यालय बेलौरीले जनाएको छ ।

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.

Close