आजको पञ्चाङ्ग
वि.सं. असार २३, २०८० । ई.सं. ०८ जुलाई २०२३ । शक संवत् १९४५ । नेपाल संवत् ११४३ । तछलागा पिङ्गल उत्तरायण ग्रीष्म । शनिबार श्रावण कृष्णपक्ष । तिथि पञ्चमी ०५ः३३ बजेसम्म, त्यसपछी षष्ठी ०३ः१५ बजेसम्म, त्यसपछी सप्तमी । नक्षत्र पूर्वभाद्रपदा ०२ः२२ बजेसम्म, त्यसपछी उत्तरभाद्रपदा । योग सौभाग्य २३ः२८ बजेसम्म, त्यसपछी शोभन । करण तैतिल ०५ः३३ बजेसम्म, त्यसपछी गर १६ः२३ बजेसम्म, त्यसपछी वणिज ०३ः१५ बजेसम्म, त्यसपछी भद्रा । चन्द्रराशि कुम्भ । आनन्दादि योग काल । दिनमान १३ः४५ । सूर्योदय ५ः१६ । सूर्यास्त १९ः०१ । भद्रा ३ः१५ देखि । मधुश्रावणीपर्वशुरु । सूर्योदय कालिन ग्रहस्पष्ट तालिका राशि, अंशा, कला र विकलामा । सूर्य २्र२०्र५९्र१५ । चन्द्र १०्र२०्र४९्र४४ । मंगल ४्र३्र२१्र४१ । बुध ३्र०्र४६्र५० । बृहस्पति ०्र१७्र२७्र४८ । शुक्र ३्र२७्र४२्र९ । शनि १०्र९्र४५्र५६ । राहु ०्र५्र२१्र२५ । क्रान्ति उ २२्र३२ । वेलान्तर (+)४ः४१ ।
राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज परिवारमा सुख सन्तोष छाउनेछ । सफल यात्राको योग छ । कला, साहित्य तथा सङ्गीतमा रुचि बढ्नेछ । जोशजाँगर र उमङ्ग पनि बढ्नेछ ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) चलाखीपूर्ण बोलीले कार्य सिद्ध हुनेछ । वित्तिय संस्थाबाट सहयोग पाइनेछ । व्यापार व्यवसायमा सफलता मिल्नेछ । दिनको उत्तरार्ध सुखद् रहनेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) लामो समयदेखि रोकिएका अधुरा कामहरू पुरा हुनेछन् र शुभकार्यको चर्चा चल्नेछ । सेयर बजारमा लागेकाहरूलाई समय निकै राम्रो रहनेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) मनमा निराशा र शरीरमा आलस्य आउला । कार्य सम्पादनमा समस्या आउला । अनावश्यक ठाउँमा धन खर्च होला र साँझमा खर्च बढ्ने योग छ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज प्राविधिक काममा सफलता प्राप्त हुनेछ । प्रेमीको सहयोग प्राप्त हुनेछ । साहित्यिक क्षेत्रमा रुचि बढ्नेछ । चिन्ता छाडेर चिन्तन गर्ने समय छ ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) रमणीय र सुखद् यात्राको योग छ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । जीवनसाथीको सल्लाहमा गरिएको कार्यबाट अधिक सफलता मिल्नेछ ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आज सामाजिक क्षेत्रमा काम गर्नेहरूले मान सम्मान पाउनेछन् । टाढिएका आफन्तसँग पुनः सम्बन्ध गाँसिन सक्छ । रमाइलो यात्रा पनि हुनेछ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) सरकारी निकायको भए रहनेछ । पढाइलेखाइमा समय दिन सकिँदैन । अनावश्यक यात्रा पनि हुनसक्छ, तर साँझमा कुनै कुराले मन खुसी हुनेछ ।
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) विद्या र बुद्धिको विकास हुनेछ । श्रमको उचित मूल्याङ्कन हुनेछ । दाम्पत्य जीवन सुखमय नै रहला । शेयर बजारबाट पनि सफलता मिल्नेछ ।
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) आज लक्ष्मी प्रसन्न हुने योग छ । सामाजिक, धार्मिक कार्यमा रुचि बढ्नेछ । सांगीतिक क्षेत्रमा रुचि बढ्नेछ । राज्यबाट मान सम्मान पाइनेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आज माइलो यात्राको योग रहेको छ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । प्रेममा मधुरता छाउनेछ । मनमा हर्ष, उमङ्ग र उत्साह रहला ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आज सानातिना समस्यामा अल्झिनु पर्नेछ । आफ्नो अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला । व्यापार व्यवसायमा पनि मन्दी छाउन सक्छ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् । –हाम्रो÷नेपाली पात्रोबाट