प्रकाश भट्ट, कञ्चनपुर - कञ्चनपुरमा जिल्ला स्तरीय निबन्ध लेखन प्रतियोगिता सम्पन्न भएको छ। आईतबार राष्ट्रिय निजि तथा आवसिय विद्यालय एसोसिएसन नेपाल कञ्चनपुर (एन-प्याब्सन) को आयोजनामा निबन्ध लेखन प्रतियोगिता सम्पन्न भएको हो ।
सुदूरपश्चिम विश्वविद्यालयका शिक्षा शास्त्र विभाग प्रमुख उद्धव देव भट्टको प्रमुख आतिथ्यमा तथा एन-प्याब्सन कञ्चनपुरका जिल्ला अध्यक्ष झंकर राज जोशीको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको कार्यक्रमका सञ्चालक तथा एन-प्याब्सन कञ्चनपुरका जिल्ला सचिव बलदेव भट्टले बताउनुभयो।

उक्त कार्यक्रममा एन-प्याब्सनका केन्द्रिय सदस्य सत्येश बहादुर चन्द, एन-प्याब्सनका प्रदेश कमिटी सचिव वीर बहादुर चन्द, एन-प्याब्सन नगर कमिटी बेलौरीका अध्यक्ष खडक शाह, एन-प्याब्सन नगर कमिटी वेदकोटका अध्यक्ष राजेन्द्र जोशी, भीमदत्तका नगर शिक्षा समिति सदस्य निलम आले लगायतको विशिष्ट आतिथ्य रहेको थियो ।
प्रतियोगितामा कञ्चनपुरका १९ वटा विद्यालयका ४९ जना विद्यार्थीको सहभागीता रहेको कार्यक्रमका सञ्चालक तथा एन-प्याब्सन कञ्चनपुरका जिल्ला सचिव भट्टले बताउनुभयो।

उक्त निबन्ध लेखन प्रतियोगितामा सुदूरपश्चिम विश्वविद्यालय शिक्षा विभागका उप प्राध्यापक प्रकाश चन्द्र बडु, शान्ति आधारभूत विद्यालयका प्रधानाध्यापक उत्तम विष्ट, महेन्द्रनगर मावि (साधारण) का अंग्रेजी शिक्षक जयन्ती भट्ट निर्णायक समितिमा रहेका थिए।
त्यस्तै उक्त प्रतियोगिताबाट माध्यमिक तह निबन्ध लेखन प्रतियोगितामा लिटिल बुद्ध एकेडेमीमा अध्ययनरत छात्रा प्रतिक्षा खाती प्रथम, ग्वाल्लेक मावि मा अध्ययनरत छात्रा अन्सिका भट्ट द्वितीय, लिटिल बुद्ध एकेडेमीमा अध्ययनरत छात्र आयुष थापा तृतीय तथा भुवनेश्वरी विद्या मन्दिरमा अध्ययनरत छात्र आयुष भट्टले सान्त्वना स्थान प्राप्त गरेका छन् भने आधारभुत तह निबन्ध लेखन प्रतियोगितामा सञ्जीवनी शुक्लाफाँटा सिसैयामा अध्ययनरत छात्रा इसाना राना प्रथम, उग्रतारा वाल विद्यालय बेलौरीमा अध्ययनरत छात्रा स्वर्णिमा कडेल द्वितीय, भुवनेश्वरी विद्या मन्दिर गड्डाचौकीमा अध्ययनरत छात्रा दीपा जोशी तृतीय तथा आदर्श विद्या निकेतन भगतपुरमा अध्ययनरत छात्र नितेस जोशीले सान्त्वना स्थान प्राप्त गरेका छन्।
प्रथम, द्वितीय, तृतीय र सान्त्वना स्थान प्राप्त गरेका विद्यार्थीहरूलाई क्रमशः रु २५०० रु २००० रु १५०० रु ५०० नगद पुरस्कार सहित प्रमाण पत्र समेत वितरण गरिएको छ।
