सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

धनगढी उप–महानगरपालिकाको बजेट झण्डै २ अर्ब

धनगढी उपमहानगरपालिकाले २०८०÷८१ को बजेट प्रस्तुत गरेको छ। उपप्रमुख कन्दकलाकुमारी रानाले एक अर्ब ९३ करोड ८ लाख २४ हजार २१८ रुपैयाँको बजेट नगरसभाको दशौं अधिवेशनमा प्रस्तुत गरेकी हुन्। उपप्रमुख रानाद्वारा प्रस्तुत अनुमानित बजेटअनुसार कुल खर्चमा चालुतर्फ एक अर्ब १७ करोड ४४ लाख ९७ हजार ६३ रुपैयाँ छुट्याइएको छ। यसैगरी पुँजीगततर्फ ७५ करोड ६३ लाख २७ हजार १५५ रुपैयाँ खर्च हुने अनुमान गरिएको छ।

Sana Kishan

धनगढी उपमहानगरपालिकाले आयतर्फ आन्तरिक आय ३५ करोड ४३ लाख २० हजार २१८ रुपैयाँ, राजस्व बाँडफाँड ४६ करोड ९७ लाख ९२ हजार रुपैयाँ, अन्तर सरकार वित्तीय हस्तान्तरण (नेपाल सरकार) बाट ९२ करोड ८५ लाख, अन्तर सरकार वित्तीय हस्तान्तरण (प्रदेश सरकार) ५ करोड ३२ लाख १२ हजार रुपैयाँ र सरी आएको मौज्दात १२ करोड ५० लाख रुपैयाँ गरी कुल आय एक अर्ब ९३ करोड ८ लाख २४ हजार २१८ रुपैयाँ अनुमान गरिएको छ। उपहार खबर बाट

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.

Close