सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

६२ अङ्कले बढेर शेयर बजार तीन महिनायताकै उच्च विन्दुमा, साढे छ अर्ब रुपैयाँको कारोबार

हप्ताको पहिलो दिन शेयर बजार उच्च अङ्कले बढेर हरियाली भएको छ । शेयर बजार परिसूचक नेप्से आज आइतवार ६२ दशमलव २१ अङ्कले बढेर दुई हजार एक सय १७ दशमलव ७३ विन्दुमा पुगेको छ ।

Sana Kishan

आज नेप्से गएको फागुन १० गतेयताकै उच्च विन्दुमा पुगेको हो । फागुन १० गते नेप्से २१ सय २१ विन्दुमा थियो । आज सबै समूहको शेयर बढेकोमा बीमा, उत्पादन, व्यापार र फाइनान्स समूहको शेयर उच्च अङ्कले उकालो लागेको छ ।

World Link Ads
Mahakali Polytechnic

आज कारोबार रकम पनि झन्डै पाँच महिनायताकै उच्च भएको छ । आज दुई सय ७५ वटा कम्पनीका एक करोड ४७ लाख कित्ता शेयर छ अर्ब ४९ करोड चार लाख रुपैयाँमा कारोबार भएका छन् । गएको पुसको २६ गतेपछि छ अर्ब रुपैयाँभन्दा धेरैको कारोबार भएको थिएन । आज सबैभन्दा धेरै शिवम् सिमेन्टको ४९ करोड ९० लाख र सोल्टी होटलको ३८ करोड ९० लाख रुपैयाँको शेयर किनबेच भयो ।

Dirghayu Ads

आज सबैभन्दा धेरै लाइफ इन्सुरेन्स कर्पोरेशन, हिमालयन लाइफ इन्सुरेन्स, साम्लिङ पावर कम्पनी, बीपीडब्ल्यू लघुवित्त, सिटी होटल, शिवम् सिमेन्ट र एनएमबी ५० म्युचुअल फन्डको शेयर १० प्रतिशतले बढेको छ । समग्रमा बजार हरियाली भएको दिन आज सबैभन्दा धेरै शुभम् पावर कम्पनीको शेयर झन्डै सात प्रतिशतले घटेको छ । उज्यालो अनलाइन बाट सभार

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.