काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी रोहित पौडेल विवाह बन्धनमा बाँधिएका छन्। उनले प्रेमिका सिम्रन खड्कासँग थाइल्यान्डमा आयोजित एक समारोहबीच विवाह गरेका हुन्।
रोहितको विवाह समारोहमा सहभागी हुन नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडीहरू पनि थाइल्यान्ड पुगेका थिए। विवाहमा कुशल भुर्तेल, सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी, सन्दीप जोरा लगायत खेलाडी सहभागी भएका थिए।

यसअघि नेपाली राष्ट्रिय टोलीका अर्का खेलाडी करण केसीले पनि नेपालबाहिर विवाह गरेका थिए। उनले भारतको चण्डीगढमा प्रेमिका वर्षा बस्नेतसँग लगनगाँठो कसेका थिए।










Discussion about this post