Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

मनकारी चिफ बिजनेस म्यानेजर चन्द

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
असार ६, २०८०
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

 कञ्चनपुर – बैतडी जिल्ला स्थित साविकको राेडिदेवल गा. वि. स तिताबैमा  सामान्य घर परिवारमा जन्मिएका  राजेन्द्र चन्द सानै बाट मेहनती र जेहनदार थिए। 

परिवारमा आमाबुबा कोही पनि पढेलेखेका नभएका  कारण  चन्द लाई पनि शिक्षाको पहुँचमा आउन त्यति सहज भने थिएन। 

चन्द  ३/४ वर्षको हुँदै गर्दा उहाँको परिवार पहाड बाट तराई बसाइँ सरेर तत्कालीन महेन्द्रनगर नगरपालिका १४ बनकट्टीमा आए। 

प्राथमिक तहको अध्ययन  तत्कालीन बैजनाथ प्राथमिक विद्यालय बनकट्टीमा पुरा गर्दै गर्दा स्कुलको शुल्क तिर्न समेत परिवारलाई समस्या थियो तर उनी पढाइमा मेहनती भएका कारण  फलस्वरूप उहाँको शुल्क मिनाहा गरिन्थ्यो। उनी आफू पढ्ने विद्यालयमा उनी मेहनती तथा जेहनदार विद्यार्थी भनेर चिनिन्थे। 

 प्राथमिक तहको अध्ययन सकेर नि. मा. बि तह पढाईका  लागि घरबाट ४/५ कि. मि टाढा रहेको सरस्वती निम्न माध्यमिक विद्यालय परखेडि आउनुपर्ने भयो। परिवारमा साइकल समेत किन्न नसक्ने अवस्था भएको कारण उहाँ विद्यालय जान ४-५ किमि हिँडेर जानुपर्ने बाध्यता थियो।

गर्मी होस् या हिउँदको चिसो हावा तर चन्दका पाइला भने कहिल्यै पछाडि सरेका थिएनन्।

नि मा वि तहको पढाई गर्ने क्रममा पनि विद्यालयको शुल्क तिर्ने अवस्था नभएको कारण उनी  शुल्क मिनाहा गरिपाउँ भनी निवेदन दिने गर्दथे।
उनको मेहनत र लगनशीलताको कारण उनले ७ कक्षा पास गरे। त्यतिबेला परखेडि स्कुल कक्षा ७ सम्म मात्रै थियो।

कक्षा ७ पास गरिसकेपछि चन्द आफ्नो पढाइलाई निरन्तरता दिन महेन्द्रनगर मा. वि (साधारणमा) भर्ना भए । पढाईमा मेहनती भएका कारण चन्दको महेन्द्रनगर मा. वि (साधारणमा) शुल्क मिनाहा भई वि.सं २०५२ सालमा उनले एस एल सि पास गरे। 

घरका जेठा छोरा,  हातमा कलम भन्दा पहिला काँधमा जिम्मेवारी बोकिरहेका उनी संघर्ष गर्दै कक्षा ११ र १२ भारतकाे पिथौरागढबाट पास गरे। 

त्यसै बेला उनलाई तत्कालीन शाही शुक्लाफाँटा बन्यजन्तु आरक्ष अन्तरगत पार्कस् एण्ड पिपुल प्रोजेक्टले छात्रवृत्तिमा सि एम ए पढ्ने अवसर जुराइदियो। सि एम ए पढ्दापढ्दै वि. सं २०५७ मा घरका मुलि बुबाकाे असामयिक निधनले राजेन्द्र चन्दको जीवनमा ठुलो बज्रपात गराएर गयो। बुबाको असामयिक निधनले चन्दको काँधमा घरको पुरै जिम्मेवारी थपिदियो। 

सङ्घर्षको बिचबाट आफू भन्दा पछिको कान्छो भाइ लाई पढाउने र परिवारलाई सँगसँगै अगाडि बढाउने काम कम चुनाैतीपुर्ण थिएन, तर चन्द सङ्घर्षको मैदानमा खरो उत्रनसक्ने बनि सकेकाले केही फरक परेन।  संघर्षरत जीवनका बिच उनले नैनिताल विश्वविद्यालय बाट सामाजिक शास्त्र विषयमा ब्याचलर पास गर्नु भयो।

सि एम ए पढे पछि निजी व्यवसायका रुपमा मेडिकल सञ्चालन गरेर घरको जीविका चलाउँदै आउनु भएका चन्द सामाजिक काममा पनि निकै सक्रिय थिए।

 वि. सं २०६३ बाट भि न पा १६ मा बसाइँ सरेका चन्दले पर्यापर्यटन प्रवर्द्धनका लागि शुक्लाफाँटालाई पहिचान गराउन पहल गर्दै “हाम्रो शुक्लाफाँटा राम्रो शुक्लाफाँटा ” अभियान मार्फत भीमदत्त नगरपालिकाले शुक्लाफाँटाको पहिचान बाह्रसिङ्गे लाई नगरको ब्रान्डका रुपमा अगाडि सारे। फलस्वरूप भीमदत्त नगरपालिका त्यसपछि  “City Of Swamp Deer” नामले चिनिन थाल्यो।

सङ्घर्षपूर्ण जीवन निर्वाह गर्दै भएतापनि उनको समाजसेवा भने निरन्तर चालु थियो। त्यसपश्चात् कञ्चनपुर जिल्लाको एकमात्र विमानस्थल महेन्द्रनगर मझगाउँ विमानस्थलको पुनः सञ्चालनका लागि सामाजिक सञ्जाल बाट अभियानको थालनी गरे र  विमानस्थल पुनः निर्माणकार्य सुरु भयो। चन्द यस अभियानका प्रमुख अभियन्ता पनि हुन।

हाल राजेन्द्र चन्द नेपालको पहिलो अग्रणी जीवन बीमा कम्पनीमा चिफ बिजनेस म्यानेजरका रुपमा कार्यरत हुनुहुन्छ । बर्ष २०७७/७८ मा महेन्द्रनगर शाखाबाट “Hero of The Year” बाट सम्मानित भइसक्नु भएको छ भने लगातार रुपमा नेशनल लाइफको चेयरपर्सन क्लबमा पुग्न सफल भई कम्पनी बाट सम्मानित हुने व्यक्ति मध्येका एक हुन चन्द।

चन्द हरेक तह तप्कामा रहेका व्यक्ति लाई आफ्नो आम्दानीको सानो अंश अर्थात १० देखि १५ प्रतिशत मात्रै पनि बीमामा बचत गर्दा हुने फाईदा, र जोखिम बहनका कुरा सिकाउदै समाजलाई आर्थिक सबलीकरण तर्फ लैजाने अभियानमा निरन्तर लागि रहनु भएको छ।

चन्द आजकै दिन  वि. सं २०६२ आषाढ ६ गते तुलसी चन्द सँग विवाहबन्धनमा बाँधिनु भएको थियाे। आज बुधवार वैवाहिक वार्षिकोत्सवको अवसरमा उहाँले घर नभएका लागि घर निर्माण अभियान अन्तर्गत भि न पा १३ मा वडा अध्यक्ष श्री राम बहादुर बाेहरा संरक्षक रहेकाे नमुना बस्ती निर्माण अभियानलाई रु ५५५५ ( रु पाच हजार पाच सय पचपन्न) काे चेक भि न पा १६ का अध्यक्ष श्री केशव सिह बिष्टको उपस्थितिमा भि न पा १३ का अध्यक्ष एवम् नमुना बस्ती संरक्षक श्री राम बहादुर बाेहरा लाई हस्तान्तरण गर्दै आफ्नो वैवाहिक वार्षिकोत्सव मनाउनु भयो। 

 चन्द ले यस्ता थुप्रै सामाजिक काममा निरन्तर सहयोग गर्दै आउनु भएको छ। भि न पा १६ परखेडिमा रहेको सरस्वती मा बि लाई सरस्वतीको मन्दिर निर्माणका लागि निवर्तमान प्रदेश सांसद श्री मान बहादुर सुनारकाे प्रमुख आतिथ्यमा भएकाे स्कुलको वार्षिकोत्सव कार्यक्रममा रु ५०००( पाँच हजार ) नगद दिनु भएको थियाे, हालाकी विविध कारणले उक्त स्कुलमा मन्दिर हाल सम्म पनि बन्न सकेको छैन। 

  यस्तै प्रकारले भि न पा १६/१७ मा बनि रहेको खानेपानी योजनामा पनि उहाले सहयोग गर्नु भएको छ। उहाँकै अगुवाइमा शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको मुख्य प्रवेश गेट अगाडिको स्थानीय चोकमा बाह्रसिङ्गे चाेककाे निर्माण गरिनुका  साथै सिद्ध भवानी चौतारी  पुनः निर्माण समेत गर्न भ्याउनु भएको छ।

 उहा भन्नु हुन्छ ‘सामाजिक काममा सहभागी हुदै गर्दा मनमा आनन्दकाे अनुभुति हुने गर्दछ। मान्छे जीवन आज छ भोलि छैन। तर जति दिन छाैँ सकेसम्म राम्रो गरौँ। नसके कसैको लागि नराम्रो पनि नगराैँ।’ 

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

ह्विलचेयरबाट राज्य र समाजलाई सहायक प्राध्यापक धामीको प्रश्न : ‘दयाभन्दा अधिकार चाहिन्छ’
विचार/ब्लग

ह्विलचेयरबाट राज्य र समाजलाई सहायक प्राध्यापक धामीको प्रश्न : ‘दयाभन्दा अधिकार चाहिन्छ’

असार ३, २०८३
ऋणको भारी बोक्दै उत्पादनको सपना: बजेटमा महत्वाकांक्षा धेरै, कार्यान्वयनमा चुनौती
विचार/ब्लग

ऋणको भारी बोक्दै उत्पादनको सपना: बजेटमा महत्वाकांक्षा धेरै, कार्यान्वयनमा चुनौती

जेष्ठ २३, २०८३
काँग्रेसभित्र सुधारको आवाज उठाउनु गलत होइन : नेता मिश्र
मुख्य समाचार

काँग्रेसभित्र सुधारको आवाज उठाउनु गलत होइन : नेता मिश्र

जेष्ठ १०, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

सुनचाँदीको भाउ सामान्य घट्यो

सुनचाँदीको भाउ सामान्य घट्यो

असार ४, २०८३
झापामा हात्ती नियन्त्रणका लागि ‘स्पेसल टास्क फोर्स’ परिचालन हुने

झापामा हात्ती नियन्त्रणका लागि ‘स्पेसल टास्क फोर्स’ परिचालन हुने

असार ४, २०८३
चीन भ्रमण द्विपक्षीय सम्बन्ध विस्तारमा फलदायी : परराष्ट्रमन्त्री

चीन भ्रमण द्विपक्षीय सम्बन्ध विस्तारमा फलदायी : परराष्ट्रमन्त्री

असार ४, २०८३
विदेशी पीआर लिएर लामो समयदेखि गायब कर्मचारीसँग स्पष्टीकरण माग

विदेशी पीआर लिएर लामो समयदेखि गायब कर्मचारीसँग स्पष्टीकरण माग

असार ४, २०८३
फिफा विश्वकपमा कोलम्बियाको शानदार जित

फिफा विश्वकपमा कोलम्बियाको शानदार जित

असार ४, २०८३
गुगुल्डि साहित्यिक मासिक पत्रिकाको २९ औँ वार्षिकोत्सवमा ८ जना सर्जक सम्मानित हुँदै (नामावलीसहित)

गुगुल्डि साहित्यिक मासिक पत्रिकाको २९ औँ वार्षिकोत्सवमा ८ जना सर्जक सम्मानित हुँदै (नामावलीसहित)

असार ३, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व