सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

’टाइटानिक’ जहाजको भग्नावशेष हेर्ने पर्यटक बोकेको पनडुब्बी जहाज बेपत्ता

टाइटानिक जहाजको भग्नावशेष हेर्ने पर्यटक बोकेको पनडुब्बी जहाज बेपत्ता भएको छ । एट्लान्टिक महासागरमा पर्यटकलाई टाइटानिकको भग्नावशेष देखाउन प्रयोग गरिँदै आएको पनडुब्बी हराएको बीबीसीले जनाएको छ ।

अहिले पनडुब्बीको खोजी भइरहेको छ । हराइरहेको पनडुब्बीमा कति यात्रु थिए भन्ने खुलेको छैन । टाइटानिकको भग्नावशेष क्यानडाको तटबाट चार सय नटिकल माइल टाढा एट्लान्टिक महासागरको तीन हजार आठ सय मिटर तल छ ।

Sana Kishan

टाइटानिक जहाज सन् १९१२ को अप्रिलमा आफ्नो पहिलो यात्रामै आइसबर्गमा ठोक्किएपछि डुबेको थियो । त्यस बेला जहाजमा रहेका २२ सय जनामध्ये छ सय सात जनामात्रै बाँचेका थिए । समुद्रमा डुबेको जहाजको भग्नावशेष सन् १९८५ मा पत्ता लागेको थियो ।

World Link Ads
Mahakali Polytechnic

केही वर्षदेखि टाइटनिक जहाजको भग्नावशेष देखाउन ओशनगेट कम्पनीले पनडुब्बीमार्फत पर्यटक लैजाने गरेको छ । कम्पनीले आठ दिनको प्याकेजका लागि प्रतिव्यक्ति साढे १ लाख डलर दिने गरेको छ । उज्यालो अनलाइन बाट सभार

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.