सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

पहाडी क्षेत्रमा ठूलो तथा पश्चिम तराईमा हल्का वर्षाको सम्भावना

कोशी र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा आज (मङ्गलवार) पनि पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।

Sana Kishan

लगातारको वर्षाका कारण पूर्वी पहाडी जिल्ला ताप्लेजुङ, पाँचथर र सङ्खुवासभामा बाढी पहिरो आएको छ । जनधनको क्षति भएको छ । यी जिल्लाका केही ठाउँमा आज पनि ठूलो पानी पर्ने सम्भावना रहेको मौसमविद् रोजन लामिछानेले जानकारी दिनुभयो । ताप्लेजुङ, पाँचथर र सङ्खुवासभासहित पूर्वी पहाडी जिल्लामा पहिरोको जोखिम कायमै रहेकाले सतर्कता अपनाउन मौसमविद्को सुझाव छ ।

यस्तै आज पश्चिम तराईका जिल्लामा पनि हल्का पानि पर्ने अनुमान गरिएको छ । पश्चिमी क्षेत्रमा मनसुनको असर परेको छैन । तर अरब सागरमा विकसित भएको बिपरजोय आँधीको प्रभावले पश्चिमी क्षेत्रमा आज हल्का पानी पर्ने सम्भावना रहेको मौसमविद् लामिछानेले बताउनुभयो । पश्चिमी क्षेत्रमा मनसुन पुग्न अझै केही दिन लाग्ने उहाँको भनाइ छ । मध्य र पूर्वी क्षेत्रमा भने मनसुनको प्रभाव छ ।

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.