आजको पञ्चाङ्ग
वि.सं. जेठ २८, २०८० । ई.सं. ११ जुन २०२३ । शक संवत् १९४५ । नेपाल संवत् ११४३ तछलाथ्व । पिङ्गल उत्तरायण ग्रीष्म । आइतबार आषाढ कृष्णपक्ष । तिथि अष्टमी १५ः३८ बजेसम्म, त्यसपछी नवमी । नक्षत्र पूर्वभाद्रपदा १८ः१५ बजेसम्म, त्यसपछी उत्तरभाद्रपदा । योग प्रीति १४ः११ बजेसम्म, त्यसपछी आयुष्मान् । करण कौलव १५ः३८ बजेसम्म, त्यसपछी तैतिल ०२ः३५ बजेसम्म, त्यसपछी गर । चन्द्रराशि कुम्भ । आनन्दादि योग चर । दिनमान १३ः४९ । सूर्योदय ५ः०९ । सूर्यास्त १८ः५८ । गोरखकालीपूजा, भल–भल अष्टमी, देवपत्तनमा त्रिशूलजात्रा । सूर्योदय कालिन ग्रहस्पष्ट तालिका राशि, अंशा, कला र विकलामा । सूर्य १्र२५्र२२्र३३ । चन्द्र १०्र२५्र३५्र४६ । मंगल ३्र१७्र६्र४६ । बुध १्र१०्र३९्र३५ । बृहस्पति ०्र१२्र१६्र१ । शुक्र ३्र१०्र३०्र१८ । शनि १०्र१०्र१८्र१० । राहु ०्र६्र४७्र१७ । क्रान्ति उ २३्र०३ । वेलान्तर (–)०ः०७ ।
राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) प्रेम र मित्रताको बन्धन कसिनुका साथै वाहन लाभ हुने समय छ । घरमा अतिथिको आगमन हुनेछ । धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) ताकेका काममा बाधा हुनेछ । नयाँ ठाउँमा आर्थिक लगानी गर्नु उपलब्धीमूलक हुनेछैन । सङ्कटको सामना गर्दै उपलब्धि हासिल गर्नुपर्नेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) स्वादिष्ट भोजन पाइनेछ । बुद्धि र विवेकको प्रयोग गर्न सके आजको दिनलाई सकारात्मक बनाउने समय छ । वित्तिय संस्थाबाट सहयोग मिल्नेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आज रमणीय र सुखद् यात्राको योग छ । नयाँ कामको थालनी हुनेछ । मनोरञ्जनमा सहभागी भइएला । प्राविधिक कार्यमा मन पनि जानेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) शुभकार्यको चर्चा चल्नेछ । टाढाका नातागोता वा परिवारजनसँग भेटघाट हुनेछ । दैनिक कार्यमा प्रगति हुनेछ । शेयर बजारमा विशेष लाभ मिल्नेछ ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आज अनावश्यक यात्रा र वैदेशिक क्षेत्र कमजोर रहनेछ । कार्य सम्पादनमा समस्या आउला, तर आत्मबल बढाएर काम गरेमा असफल भइँदैन ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । वैदेशिक कार्य अघि बढ्नेछ । काम गर्ने जोशजाँगर र उमंग बढ्नेछ । चिताएको कामले तीव्रता लिनेछ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आज पुरानो समस्या सुल्झाउन सकिनेछ । शुभ चिन्तकहरूले पूर्ण समर्थन प्रदान गर्नेछन् । मनमा उत्साहका साथै बोली बिक्ने समय छ ।
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आज नयाँ कार्यको योजना बन्नेछ । नजिकको व्यक्तिबाट आँटेको काम सफल हुनेछ । प्रेममा मधुरता छाउनेछ । आत्मबल पनि बढ्नेछ ।
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) कीर्तिमानी काम गर्ने समय छ । चलाखी पूर्ण बोलीले कार्य सिद्ध हुनसक्छ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । बन्धु बान्धवबाट सहयोग मिल्नेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आज कार्यमा बाधा आउनेछ । सरकारी निकायको भय रहला । अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला । यात्रामा मालसामान हराउन सक्छ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) प्रेममा सफलता पाइनेछ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । दिनको उत्तरार्धमा धन खर्च हुनेछ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् । –हाम्रो÷नेपाली पात्रोबाट









Discussion about this post