कञ्चनपुर – राष्ट्रिय युवा संघ र अनेरास्ववियुले संयुक्त आन्दोलन तथा विरोध प्रर्दशन गरेका छन्।
राष्ट्रपति रामचन्द्र पौडेलले सार्वभौम सांसदमा छलफलै नगरी चोर बाटो बाट भारतीय लाई नेपाली नागरिक बनाएर देशलाई सिक्किमिकरण गर्ने नागरिकता विधेयक प्रमाणिकरण गर्ने काम राष्ट्रघाती भएको तथा सर्वोच्चको सिङ्गो न्याय प्रणालीको धज्जी उडाउँदै गणतन्त्रको पनि अपमान हुनेगरि आममाफी दिने काम भएको भन्दै राष्ट्रिय युवा संघ र अनेरास्ववियुद्वारा संयुक्त आन्दोलन र विरोध प्रर्दशन गरिएको राष्ट्रिय युवा संघ नेपालका केन्द्रिय लेखा आयोग सचिव प्रबिन बोगटीले बताउनुभयो।
आन्दोलनमा राष्ट्रिय युवा संघका नेता केशव चन्द, बिद्यार्थि नेता कमल रोकाया सहित अनेरास्ववियु र युवा संघका सबै नेताहरूको सहभागिता रहेको बोगटीले बताउनुभयो।
विरोध सभामा राष्ट्रिय युवा संघ नेपालका तर्फ वाट केन्द्रिय लेखा आयोग सचिव प्रबिन बाेगटीले र अनेरास्ववियु कञ्चनपुरका तर्फ बाट जिल्ला अध्यक्ष कमल राेकायाले विरोध सभालाई सम्बोधन गरेका थिए ।
भारतले नेपालको लुम्बिनी कपिलवस्तु सहितको अखण्ड भारत भनेर नक्सा जारी गर्नु र त्यस प्रति राज्य लाचार रहेर मौन हुनु शङ्कास्पद र राष्ट्रघाती हुनुका साथै राष्ट्रिय पहिचान र अखण्डता माथिको प्रहार रहेकाले तत्काल सरकारले कुटनैतिक पहल गर्नुपर्ने राष्ट्रिय युवा संघका केन्द्रिय लेखा आयाेग सचिव बोगटीको भनाइ रहेको छ।
बोगटीेले आन्दोलनका क्रममा घाइते भएका युवा तथा विद्यार्थी नेताहरूको शिघ्र स्वास्थ्यलाभकाे कामना समेत गरेका छन्। नागरिकता विधेयक फिर्ता नलिए फेरी युवा संघले शसक्त आन्दोलन गर्ने नेता बोगटीले चेतावनी दिएका छन् ।









Discussion about this post