सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

नेप्से परिसूचक करिब ६ अंकले बढ्यो

Far weast coaching ad
14
Sana Kishan

साताको पहिलो कारोबार दिन नेप्से परिसूचक सामान्य अंकले बढेको छ।

आइतबार नेप्से परिसूचक ५ दशमलव ८८ अंक बढेर १८८३ दशमलव २० बिन्दुमा पुगेको हो। सेन्सेटिभ इण्डेक्स शून्य दशमलव १४ अंकले, फ्लोट इण्डेक्स शून्य दशमलव २८ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स शून्य दशमलव ०२ अंकले बढेको छ।

Arus

आइतबार कारोबारमा आएका २७३ कम्पनीको ४८ लाख २८ हजार कित्ता शेयर १ अर्ब ६० करोड ४ लाख ९२ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको छ। गत बिहीबारको तुलनामा कारोबार रकम पनि बढेको छ।

Karnali Traders

अघिल्लो कारोबारमा करिब डेढ अर्बको शेयर कारोबार भएको थियो। नेप्सेका १३ उपसमूहमध्ये आइतबार ९ उपसमूहको परिसूचक बढेको छ।

४ उपसमूहको परिसूचक भने घटेको छ। जसमा निर्जीवन बीमा उपसमूहको परिसूचक २.८० प्रतिशत, होटल तथा पर्यटन र व्यापार उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढीले बढेको छ। जसमा वित्त, जलविद्यूत,उत्पादन तथा प्रशोधन उपसमूह र विकास बैंकको परिसूचक घटेको छ।

नेप्से परिसूचक बढेसँगै आइतबार दुई कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। जसमा राष्ट्रिय बीमा कम्पनी र आत्मनिर्भर लघुवित्तको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ।

तर कारोबारमा आएको आदर्श लघुवित्तको शेयरमूल्य ६.५६ प्रतिशत घटेको छ। आइतबार कारोबारमा शिवम् सिमेन्ट्स कम्पनीको ६ करोड १७ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। थाहा खबर बाट साभार

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.