सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

पर्यटकको पर्खाइमा लामीताल

प्रकाश भट्ट

Far weast coaching ad
64
Sana Kishan

कैलाली जिल्लाको गोदावरी नगरपालिका वडा नम्बर २ मा पर्ने लामीताल पर्यटकीय ताल हो ।
अत्तरियाबाट पुर्व तर्फ राजमार्गबाट करिब २ सय मिटर भित्र र अत्तरिया बसपार्कबाट पनि करिब २ सय मिटर भित्रको दुरीमा रहेको लामीताल गोदावरी नगरपालिकाको अत्तरिया बजार क्षेत्रदेखि सबैभन्दा नजिकको पर्यटकीय स्थल हो ।

Arus

लामीतालमा आन्तरिक एवम् वाह्य धेरै पर्यटक आएर स्वच्छ तथा सुन्दर लामीतालको भ्रमण गर्ने गरेको साइकलयात्री भरत बिक्रम शाहले बताउनुभयो।

अत्तरियामा रहेको अत्तरिया उद्योग वाणिज्य संघले विगत ६/७ वर्षदेखि लामीताल परिसरमै महोत्सवको आयोजना गर्दा लामीतालको प्रचार प्रसार झन बढेको समेत उनले बताए।

Karnali Traders

तर, अहिले लामीताल पर्यटकीय क्षेत्रका रुपमा नभई विभिन्न विकृतिहरू फस्टाउने ठाउँका रुपमा चिनिन थालेको छ । अहिले लामीतालमा दिनहुँ जसो मादक पदार्थ सेवन गर्ने युवायुवतीहरूले डेरा जमाएका साइकलयात्री शाहले बताउनुभयो।

अत्तरिया बजारबाट सबैभन्दा नजिक भएर पनि उचित रेखदेख र व्यवस्थापन हुन नसक्दा लामीतालको मौलिकता हराउदै गएको समेत उनले बताए।

उनले भने ‘ अत्तरिया बजारबाट सबैभन्दा नजिक भएर पनि उचित रेखदेख र व्यवस्थापन हुन नसक्दा लामीतालको मौलिकता हराउँदै गएको र लामीतालको व्यवस्थापन र संरक्षण गर्न सबैले एकजुट हुनुपर्छ।’

तालको संरक्षण गर्न सबैले एकजुट हुनुपर्ने साइकलयात्री शाहको भनाइ रहेको छ।

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.