सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

वेदकोटमा जग्गाको वर्गीकरण, आजबाट कित्ताकाट सुरु ।

महेन्द्रनगर। वेदकोट नगरपालिकाले जग्गाको वर्गीकरण गरेको छ । भू–उपयोग नियमावलीअनुसार वेदकोटले जग्गाको वर्गीकरण गरेको हो । सोमबार नगरपालिकाले एक कार्यक्रम गरी भूउपयोग निमावलीअनुसार गरेको कित्तागत वर्गीकरणको विवरण मालपोत कार्यालय र नापी कार्यालयलाई हस्तान्तरण छ।

नगरप्रमुख भोजराज बोहराले जग्गाको वर्गीकरण विवरण तथा नक्सा भूमि तथा मालपोत कार्यालय कञ्चनपुरका प्रमुख तेजबहादुर चन्द र नापी कार्यालय कञ्चनपुरका प्रमुख पुष्करराज पाललाई हस्तान्तरण गरे थिए। जग्गालाई आवासीय, व्यवसायीक र कृषि क्षेत्रलगायत १० वटा क्षेत्रमा वर्गीकरण गरिएको नगर प्रमुख बोहराले बताए ।

Sana Kishan

उनका अनुसार कृषि क्षेत्र, आवासीय क्षेत्र, व्यावसायिक क्षेत्र, औद्योगिक क्षेत्र, खानी तथा खनिज क्षेत्र, वन क्षेत्र, सार्वजनिक उपयोग क्षेत्र, सांस्कृतिक तथा पुरातात्विक महत्वको क्षेत्र र आवश्यकताअनुसार अन्य क्षेत्र गरी १० क्षेत्रमा वर्गीकरण गरिएको छ।

World Link Ads
Mahakali Polytechnic

जग्गाको बर्गीकरण भएसँगै कित्ताकाट पनि खुल्ला भएको छ। ‘जग्गाको बर्गीकरण नहुँदा एक वर्षदेखि कित्ताकाटको काम रोकिएको थियो, हामीले सबै वडाको जग्गा बर्गीकरण गरेसँगै कित्ताकाट खुल्ला भएको छ,’ उनले भने।

Dirghayu Ads

 

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.