Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

कुराले मात्रै अर्थतन्त्रको संकट टर्दैन, कामै गर्नुपर्छ : डा. वाग्ले

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
बैशाख २५, २०८०
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा.स्वर्णिम वाग्लेले अर्थतन्त्र संकटमा परेको बेलामा अर्थतन्त्रको स्थायित्व र स्थिरताका कुराले न्याय गर्न नसक्ने बताएका छन्।

सोमबार प्रतिनिधिसभाको बैठकमा भएको विनियोजित विधेयक २०८० का सिद्धान्त र प्राथमिकता छलफलमा बोल्दै डा. वाग्लेले यस्तो बताएका हुन्।

उनले अर्थमन्त्री महतले विनियोजित विधेयक २०८० का सिद्धान्त र प्राथमिकतामा समस्याग्रस्त अर्थतन्त्र भएर लय गुमाएको अवस्थामा आर्थिक स्थायित्व र स्थिरताका कुरा गर्नु उचित नभएको बताए।

उनले अर्थमन्त्रीका दाजु रामशरण महतले २०७१ सालमा ल्याएको नीति तथा कार्यक्रममा पनि स्थायित्व र स्थिरताका कुरा गरिएको स्मरण गर्दै अर्थतन्त्र त्यतिबेला लयमा भएकाले स्थिरता कुरा गर्न सुहाए पनि वर्तमान अवस्थामा असान्दर्भिक भएको टिप्पणी गरे।

उनले सरकारले आइतबार रातिसम्म ७३३ अर्बको राजस्‍व संकलन र खर्च १ हजार १६ अर्ब गरेको भन्दै राजस्‍व संकलन र खर्चको बीचको त्यति ठूलो खाडल पूरा गर्न सजिलो नभएको बताए।

उनले वर्तमान अवस्थामा वित्तीय क्षेत्रमा कर्जा लगानी र आर्थिक वृद्धिबीचको ठूलो भ्वाङ परेको उल्लेख गरे। उनले कर्जा नियमित रुपमा २२ प्रतिशत वृद्धि भइरहेको भन्दै अर्थतन्त्रको गतिसँग सम्मान नदेखिरहेको बताए।

उनले वस्तु सेवाबीचको आयात र निर्यात, उत्पादन र उपभोगको खाडल भर्नको लागि बजेटमार्फत फरक ढङ्गले तत्काल गर्नुपर्ने विषयलाई प्राथमिकतामा राखेर पुनःमूल्याङ्कन गर्न सरकारसँग आग्रह गरे।

उनले भने,‘आर्थिक वृद्धि र स्थायित्व जाहेज हुन तर सरकारले यस्तो समयमा आर्थिक स्थायीत्व र स्थिरताका कुरा गरिरहेका छौं। जतिबेला अर्थतन्त्रले लय गुमाएको छ। संकटमा परेको अर्थतन्त्र भड्खालोमा जाकिएको अर्थतन्त्र कुरा गर्दा स्थायित्व र स्थिरताका कुराले न्याय गर्दैन।’

डा.वाग्लले सरकारले अब परिणात्मक विकासबाट गुणात्मक विकासमा जानुपर्ने आवश्यकता रहेको बताए। उनले सिद्धान्त र प्राथमिकतामा शिक्षा,स्वास्थ्य खानेपानीका कुराहरु आए पनि विगत ३२ वर्षमा ठूलो परिवर्तन आएको बताए। उनले अब सडक,विद्यालयभन्दा पनि विद्यालयमा सिकाई र अस्पतालामा गुणस्तरीय सेवामा जोड दिनुपर्ने बताए।

उनले नेपालका कुपोषणको महामारी रहेको भन्दै कुपोषणले सिङ्गो पुस्ताको एक तिहाईलाई प्रताडित गरिरहेको बताए। सांसद वाग्लेले पहिलो पुस्ताको विकासको चुनौतीबाट दोस्रो पुस्ताको विकास गर्नुपर्ने चुनौतीमा रहेका बताए।

सांसद वाग्लले अर्थमन्त्री महतले वित्त नीतिमा ठाउँ छैन भन्दै मौद्रिक नीतिका उपकरणहरुबाट अगाडि जानुपर्ने कुरा गर्नु गलत भएको बताए।

उनले सरकारको नीति तथा कार्यक्रमको लागि ठाउँ खोज्नसक्ने हो धेरै स्थान रहेको बताए। उनले सरकारले जलवायु परिवर्तन र दिगो विकासको मुद्दाबाट अगाडि बढ्न सक्नुपर्ने बताए।

उनले निजी क्षेत्रको मनोबलका कुरा गर्नु स्वागतयोग्य रहेको बताए। उनले आफूले कांग्रेसको घोषणापत्र लेख्न सहयोग गरेको भन्दै त्यसलाई पढेर कार्यान्वयनमा उतार्न अर्थमन्त्रीसँग आग्रह गरे।

उनले निजी क्षेत्रले लामो समयदेखि उठाउँदै आएको विषयलाई न्याय गर्न अर्थमन्त्रीसँग माग गरे। उनले निजी क्षेत्रले लामो समयदेखि उठाउँदै आएको विषयलाई न्याय दिएर हैरानी र झन्झटको यो दुष्चक्रबाट अर्थतन्त्रलाई बाहिर ल्याउन आवश्यक रहेको बताए। थाहा खबर बाट सभार

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

रास्वपा महाधिवेशन : पदाधिकारी चयनका लागि मतदान शुरू
राजनीति

रास्वपा महाधिवेशन : पदाधिकारी चयनका लागि मतदान शुरू

असार १२, २०८३
रास्वपा महाधिवेशनका कारण प्रतिनिधिसभा बैठक फेरि स्थगित
राजनीति

रास्वपा महाधिवेशनका कारण प्रतिनिधिसभा बैठक फेरि स्थगित

असार १२, २०८३
रास्वपामा आज पदाधिकारी चयनका लागि मतदान
राजनीति

रास्वपामा आज पदाधिकारी चयनका लागि मतदान

असार १२, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

आईसीसी लिग–टु शृङ्खलाका लागि नेपाली टोली घोषणा

आईसीसी लिग–टु शृङ्खलाका लागि नेपाली टोली घोषणा

असार १२, २०८३
नेप्से परिसूचक २६ अङ्कले घट्यो

लगातार पाँचौँ दिन घट्यो शेयर बजार, नेप्से २ हजार ६४९ विन्दुमा

असार १२, २०८३
रास्वपा महाधिवेशन : पदाधिकारी चयनका लागि मतदान शुरू

रास्वपा महाधिवेशन : पदाधिकारी चयनका लागि मतदान शुरू

असार १२, २०८३
फिफा विश्वकपमा आज राति समूह ‘आई’ का दुई रोमाञ्चक खेल

फिफा विश्वकपमा आज राति समूह ‘आई’ का दुई रोमाञ्चक खेल

असार १२, २०८३
सुनको भाउ आज तोलामा २ हजार रुपैयाँ वृद्धि

लगातारको गिरावटपछि सुनको भाउमा सामान्य सुधार, चाँदी घट्यो

असार १२, २०८३
रास्वपा महाधिवेशनका कारण प्रतिनिधिसभा बैठक फेरि स्थगित

रास्वपा महाधिवेशनका कारण प्रतिनिधिसभा बैठक फेरि स्थगित

असार १२, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व