सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

बैतडीको मुस्याचोरमा खानेपानीको चरम समस्या

बैतडीको दशरथचन्द नगरपालिका १ स्थित मुस्याचोरमा खानेपानीमा चरम अभाव भएको छ । मुस्याचोरसंगै गुरुखोला बजारमा पनि खानेपानीको अभाव भएको स्थानीयहरुले बताएका छन् । हरेक बर्ष सुख्खायाममा खानेपानीको अभाव हुँदै आएको स्थानीय व्यापारी मानबहादुर टेरले बताए ।

मुस्याचोर र गुरुखोलामा श्रीखण्डको खोलामा रहेको मूहानबाट खानेपानी आउने गरेको छ । लामोदुरीमा रहेको मूहानबाट खानेपानी ल्याइएको र मूहानमै पानी कम भएपछि समस्या भएको टेरले बताए । खानेपानी लाइन समेत जीर्ण भएकाले सुख्खायाममा खानेपानीको चरम समस्या हुने गरेको छ ।

धारामा कम पानी आउने भएपछि होटेल व्यवसायीहरुले ट्याक्टरमा अन्यत्रबाट पानी ल्याएर जोहो गर्ने गरेका छन् । पाटन लगायतका क्षेत्रबाट ट्याक्टरमा पानी ढुवानी गरेर होटेल सञ्चालन गर्नुपरीरहेको स्थानीय रामबहादुर टेरले बताए । उनले भने ‘सुख्खायाममा हरेक बर्ष खानेपानीको चरम समस्या हुने गरेको छ । खानेपानीको समस्या समाधानमा कसैको ध्यान जान सकेको छैन् ।’

मुस्याचोर बजारमा एकमात्रै पानीको धारा रहेको सोही धाराबाट बजार र गाउँका मानिसहरुले पानी भनुपर्ने भएकाले खानेपानीको व्यवस्थापनमा समस्या भएको छ । पालो कुरेर मात्रै पानी भर्नुपर्ने अवस्था रहेको स्थानीय भीमराज भट्टले बताए । सुख्खायाममा पानीकै समस्या हुने गरेको उनले बताए ।

Mahakali Polytechnic

मुस्याचोर र गुरुखोला क्षेत्रमा खानेपानी समस्या समाधानका लागि लिफ्टिङ प्रणाली मार्फत खानेपानी ल्याउने प्रयास भइरहेको भएपनि सो योजना अहिले सम्म पुरा हुन सकेको छैन् । खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयको सहयोगमा पडेलीगाउँ–मुस्याचोर–गुरुखोला लिफ्टिङ खानेपानी योजनाको काम भइरहेको भएपनि पूरा हुन अझै केही समय लाग्ने देखिएको छ ।

World Link Ads

लिफ्टिङ खानेपानीको काम सम्पन्न भएपछि मुस्याचोर र गुरुखोलामा खानेपानीको समस्या समाधान हुने दशरथचन्द नगरपालिका वडा नं १ का वडा अध्यक्ष विष्णुदत्त भट्टले बताए । लिफ्टिङ खानेपानी योजना समयमै सम्पन्न गर्नका लागि उपभोक्ता समिति सक्रिय नहुँदा योजनाको लम्बिँदै गएको छ । यता उपभोक्ताहरु भने हरेक बर्ष खानेपानीको समस्या झेल्दै आएका छन् ।

Sana Kishan

लिफ्टिङ खानेपानी योजनाको कामलाई यथाशक्य चाँडो सञ्चालन गर्ने तयारी भएको वडा अध्यक्ष भट्टको दाबी छ । सगुन खबर बाट सभार

Dirghayu Ads
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.

This will close in 10 seconds