कैलालीको धनगढीमा एक ट्राफिक प्रहरीको दुर्घटनामा परी मृत्यु भएको छ। धनगढी उपमहानगरपालिकाको बोराडाँडीमा बिहिबार साँझ दुर्घटनामा घाइते भएका प्रहरी सहायक हल्दार जनकराज धामीको ज्यान गएको हो।
जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीका अनुसार उनी बिहिबार साँझ राजपुरको ट्राफिक बिट जाँदै थिए। उनी सवार मोटरसाइकल बोराडाँडीमा गाईसँग ठोकिएको हो। उनको शनिबार राति धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला ट्राफिक प्रहरीले जनाएको छ । गोदावरी न्युज बाट सभार









Discussion about this post