एसिसी प्रिमियर कप क्रिकेटमा कुवेतले बहराइनलाई २ विकेटले हराएको छ । बहराइनले दिएको दुई सय ५६ रनको लक्ष्य कुवेतले ४४ ओभर २ बलमा ८ विकेटको क्षतिमा पूरा ग¥यो ।
कुवेतका यसिन पटेलले ६३ र मीत भाबसरले ५४ रन बनाए । बहराइनका अब्दुल मजिदले ३ विकेट लिए । त्यसअघि मुलपानी मैदानमा टस हारेर पहिला ब्याटिंङ गरेको बहराइनले निर्धारित ५० ओभरमा ७ विकेटको क्षतिमा दुई सय ५५ रन बनायो । बहराइनका इमरान अनवरले ५३ रन बनाए । कुवेतका सायद मोनिबले ४ विकेट लिए । आज कुवेतले पहिलो जित र बहराइनको पहिलो हार हो ।
यो प्रतियोगितामा १० देश सहभागी छन् । समूह ‘ए’ मा आयोजक नेपालसहित मलेसिया, साउदी अरेविया, कतार र ओमान रहेका छन् । समूह ‘बी’ मा बहराइन, कुवेत, सिंगापुर, हङकङ र युएई रहेका छन् ।
हरेक समूहमा शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् । सेमिफाइनलको विजेताले फाइनल खेल्ने छ । फाइनलमा विजयी हुने टोली एसीया कपका लागि छनोट हुनेछ । एसीया कप आउँदो सेप्टेम्बरमा हुनेछ । उज्यालो अनलाइन बाट सभार