सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

बैतडी जीप दुर्घटनामा ज्यान गुमाउनेमा बझाङको एकै गाउँका ६ जना

बैतडीमा जीप दुर्घटना हुँदा ज्यान गुमाएका एकै गाउँका ६ जनाको परिचय खुलेको छ । जयपृथ्वी राजमार्गअन्तर्गत पाटन नगरपालिका–८, झौलेक मोडमा गएराति साढे ११ बजे जीप दुर्घटना भएको हो ।

Sana Kishan

दुर्घटनामा बझाङको केदारस्युँ गाउँपालिका–५, बाँझका ६० वर्षीय मने बोहरा, ४० वर्षीय नरे बोहरा, ३५ वर्षीय गोरख बोहरा, ४५ वर्षीय मानबहादुर धामी, ४५ वर्षीय बिर्ख धामी र ४५ वर्षीय वीरे धामीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिनुभयो ।

चालकसहित १२ जना चढेको जीपमा रहेका अरु पाँच जना सकुशल छन् । उनीहरुले हाम फालेर ज्यान जोगाएका हुन् । चालक फरार रहेका छन् । बैतडीको झुलाघाटबाट बझाङको बागथलाका लागि छुटेको से१ज ७६४ नम्बरको जीप अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीले जनाएको छ । उज्यालो अनलाइन बाट सभार

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.