
बैतडीको पाटन नगरपालिका -८ झौलेकमा जिप दुर्घटना भएको छ । झुलाघाटबाट बझाङको बागथला तर्फ सवार से १ ज ७६४ नम्बरको जिप मंगलबार राती ११ बजे दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परी ६ जनाको मृत्यु भएको छ भने जिपको पछाडि सवार ५ जना हाम फालेर ज्यान बचाएको प्रहरीको जनाएको छ । जिपमा चालक सहित १२ जना सवार रहेको बताइएको छ । चालक भने सम्पर्कमा छैनन् । दुर्घटनाको थप विवरण आउन बाँकी छ । नेपालबोध डटकम बाट साभार
