सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

कैलाली जिप दुर्घटना : एकजनाको ज्यान गयो , तीन जना घाइते

Far weast coaching ad
238
Sana Kishan

कैलालीमा आइतबार भएको जिप दुर्घटनामा गम्भिर घाइते भएका एकजनाको उपचारको क्रममा ज्यान गएको छ । आइतबार जिल्लाको चुरे गाउँपालिकाको –६ भिमदत्त राजमार्ग अन्तर्गत फल्टुँडेमा सु.प प्र ०१००१ ज १४२३ नम्बरको जिप दुर्घटना भएको थियो ।

मृत्यु हुनेमा चुरे गाउँपालिका–६ का १८ वर्षीय भानु ठकुन्ना रहेको सेती प्रदेशिक अस्पताल धनगढीमा उपचारका क्रममा मृत्यु भएको प्रदेश ट्राफिक प्रहरी कार्यलय अत्तरियाले जनाएको छ।

Arus
Karnali Traders

मेलकट्टेश्वर मावि चुरे–६ कैलालीमा अध्ययनरत ठगुन्नाको अत्तरियास्थित दुर्गालक्ष्मी मावि केन्द्रमा एसईई परीक्षामा दिएर घर फर्कने क्रममा जिप दुर्घटनामा परी ज्यान गएको प्रहरीले जनाएको छ। यस्तै दुर्घटनामा १७ वर्षीय हरिश धामी, १८ वर्षीय सरस्वती र १६ वर्षीय प्रकाश धामी घाइते भएका छन। उनीहरुको पदमा अस्पतालमा उपचार भइरहेको छ।

जिपको स्टेरिङ्ग कन्ट्रोल गर्न नसक्दा नालीमा ठोक्किएर जिप दुर्घटना भएको खुलेको छ। जिप चालक नरसिंह धामीलाई नियन्त्रणमा लिएको प्रहरीले बताएको छ।

दुर्घटनामा परेका सबै जना माध्यमिक शिक्षा परीक्षा(एसइइ) दिएर घर फर्किरहेका मेलकट्टेश्वर माबिका विद्यार्थी रहेको प्रदेश ट्राफिक प्रहरी कार्यलय अत्तरियाले जनाएको छ । गोदावरी न्युज बाट सबार

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.