सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

कैलालीमा बाघको आक्रमणबाट एक जना घाइते

कैलालीमा बाघको आक्रमणबाट एक जना घाइते भएका छन् । जिल्लाको टीकापुर नगरपालिका वडा नम्बर ८ श्रीलंकाका पवन आउजीलाई बाघले आक्रमण गरेको हो। स्थानीयका अनुसार २७ वर्षीय पवनलाई शुक्रवार बिहान साढे १० बजेतिर बाघले आक्रमण गरेको हो ।

Sana Kishan

गहुँ बारीमा उनलाई बाघले आक्रमण गरेको हो । उनको हात र कानमा चोट लागेको छ । स्थानीयले हो–हल्ला गरेपछि बाघ भागेको थियो । नेपाल–भारत सीमा क्षेत्रमा बाघ देखिएको टीकापुर प्रहरीले बताएको छ ।

घाइतेको उपचारका लागि बर्दिया राजापुर पठाएको छ । सो क्षेत्रमा बाघले युवकलाई आक्रमण गरेकाले सतर्क रहन प्रहरीले आग्रह गरेको छ । गोदावरी न्युज बाट सभार

 

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.