सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

रवि लामिछानेविरुद्धको मुद्दामा सर्वोच्चले अन्तरिम आदेश दिएन, कारण देखाउ आदेश जारी

Far weast coaching ad
31
Sana Kishan

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले राहदानी दुरुपयोग गरेको भन्दै परेको मुद्दामा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।

लामिछानेलाई राहदानी दुरुपयोगमा मुद्दा नचलाउने महान्यायाधिवक्ता कार्यालयको निर्णयविरुद्ध अधिवक्ता युवराज पौडेल सफलले दायर गरेको रिटमा न्यायाधीश हरिप्रसाद फुँयालको इजलासले अन्तरिम आदेश दिन अस्वीकार गर्दै कारण देखाउ आदेश जारी गरेको हो ।

Arus
Karnali Traders

इजलासले मुद्दा नचलाउनुको कारणबारे लिखित जवाफ भने माग गरेको छ । अदालतले अन्तरिम आदेश जारी नगरेकाले लामिछानेले आउँदो वैशाख १० गते हुने उप चुनावमा ढुक्कसँग प्रतिस्पर्धा गर्न पाउनुहुने भएको छ । पौडेलले रिटमा राहदानी दुरुपयोग गरेकाले रवि लामिछानेलाई पक्राउ गरेर मुद्दा चलाउन माग गर्नुभएको थियो ।

आज भएको सुनुवाइमा लामिछानेका वकिलहरुले अमेरिकी नागरिकता त्यागिसकेको स्वीकार गरिसकेकाले अहिले यो विषयमा कुनै विवाद नरहेको दाबी गरेका छन् । अधिवक्ता युवराज पौडेलले यसअघि पनि लामिछानेको सांसद पदको योग्यतामा प्रश्न उठाउँदै रिट दायर गर्नु भएको थियो ।

नागरिकता विवाद सम्बन्धमा परेको रिटमाथि गएको माघ १३ गते परमादेश जारी गर्दै सर्वोच्च अदालतले प्रक्रियागतरूपमा नेपाली नागरिकता नलिएको उल्लेख गर्दै लामिछाने नेपाली नागरिकता नभएको फैसला सुनाएको थियो । त्यो फैसलासँगै लामिछानेको सांसद र मन्त्री पद गुमेको थियो । उज्यालो अनलाइन बाट सभार

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.