
कैलालीको धनगढीमा मोटरसाइकल दुर्घटना भएको छ। मोहनापुल अत्तरिया ६ लेन सडकखण्डमा राति करीब ८ बजेतिर त्रिनगर भन्सार अगाडि से ६ प ७२१२ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

मोटरसाइकल दुर्घटनामा परी गोदावरी नगरपालिका १ का २९ वर्षीय हरेन्द्र कार्की गम्भीर घाइते भएका छन् ।उनको धनगढीस्थित माया मेटो अस्पतालको आइसियुमा राखेर उपचार भइरहेको कैलाली प्रहरीले जनाएको छ। गोदावरी न्युज बाट साभार
