सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

प्रहरीको बर्दीमाथि जनताको विश्वास र भरोसा छ : गृहमन्त्री श्रेष्ठ

Far weast coaching ad
20
Sana Kishan

उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले प्रहरीको बर्दी र काँधको फुलीमाथि सर्वसाधारणको ठूलो विश्वास र भरोसा रहेको बताएका छन्।

सोमबार नेपाल प्रहरी प्रधान कार्यालयको निरीक्षण भ्रमण गर्दै गृहमन्त्री श्रेष्ठले उपस्थित प्रहरी कर्मचारीहरुलाई शान्ति सुरक्षाप्रति चनाखो रहेर काम गर्न पनि निर्देशन दिए।

Arus

गृहमन्त्री श्रेष्ठले भने, ‘तपाईंहरूले शरीरमा लगाएको बर्दी र काँधमा लगाएको फुलीमा सर्वसाधारणको भरोसा र विश्वास लुकेको छ। स्वच्छ, निष्पक्ष र छिटोछरितो सेवा प्रवाहमार्फत नागरिकको भरोसा र विश्वासलाई कायम राख्न अझ मेहनत गर्नु हुनेछ भन्ने आशा लिएको छु।’

Karnali Traders

तस्करी र राजश्व चुहावट नियन्त्रणमा नेपाल प्रहरीको भूमिका स्मरणीय र उल्लेखनीय रहेको बताउँदै उनले यसको गुणात्मक वृद्धिका लागि दृढ भई कारबाही गर्नसमेत निर्देशन दिए।

त्यस अवसरमा धन्यवाद ज्ञापन गर्दै प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले उपप्रधानमन्त्रीबाट नेपाल प्रहरीको सांगठनिक अभिवृद्धि तथा प्रहरी कर्मचारीहरुको वृत्ति विकासलगायतका विषयहरुमा प्राप्त निर्देशनका लागि कृतज्ञता व्यक्त गरे।

प्रहरी महानिरीक्षक कुँवरले आर्थिक अनियमितता एवं गैरव्यावसायिक आचरण विरुद्ध शून्य सहनशीलताको नीति आवलम्बन गर्दै आन्तरिक शुद्धीकरण अभियानलाई कठोरतापूर्वक लागू गर्न संगठन पूर्णरूपमा प्रतिवद्ध रहेको बताए। थाहा खबर बाट सभार

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.