सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

साउदी अरबसहितका देशले उत्पादन कटौतीको निर्णय गरेसँगै विश्व बजारमा तेलको भाउ आकाशियो

तेल उत्पादक राष्ट्रहरूको सङ्गठन ओपेक र ओपेक प्लसको निर्णयले विश्व बजारमा पेट्रोलियम पदार्थको मूल्य बढेको छ । आज सोमवार बिहान एसियाली बजारमा तेलको मूल्य झन्डै छ प्रतिशतले बढेको छ ।

हिजो आइतवार साउदी अरबले अचानक तेल उत्पादन प्रतिदिन १० लाख ब्यारेलले कटौती गरेको घोषणा गरेसँगै विश्व बजारमा तेलको भाउ बढेको हो । साउदी अरबसँगै इराक, यूएई, अल्जेरिया र ओमानले पनि आउँदो मे महिनादेखि उत्पादन कटौती सुरु गरी यो अङ्ग्रेजी वर्षको अन्त्यसम्म जारी रहने निर्णय गरेका छन् । गएको वर्ष अक्टोबरमा ओपेक प्लसले दैनिक २० लाख ब्यारेल तेल उत्पादन कटौती गर्ने घोषणा गरेको थियो ।

Sana Kishan

अमेरिकाले साउदी अरेबियालाई तेल उत्पादनमा कटौती नगर्न दबाब दिइरहेको छ तर साउदी अरेबियाले अस्वीकार गरेको छ । गएको वर्ष जुलाईमा अमेरिकी राष्ट्रपति जो बाइडेनले साउदी अरबको भ्रमण गरेर राजकुमार मोहम्मद बिन सलमानसँग तेल उत्पादन बढाउन आग्रह गर्नुभएको थियो । तर साउदीले अमेरिकाको आग्रहलाई अस्वीकार गर्दै आएको छ ।

World Link Ads
Mahakali Polytechnic

तेल उत्पादनमा कटौतीको घोषणा गरेपछि विश्वव्यापी मूल्यवृद्धि झनै चुलिने खतरा छ । अब विश्वभरका केन्द्रीय बैंकहरूले ब्याजदर बढाउन सक्छन् । युवराज मोहम्मद बिन सलमानले अमेरिकाको नीतिलाई निरन्तर अस्वीकार गर्दै आफ्नो स्वार्थअनुसार निर्णय लिइरहनुभएको छ । युवराज मोहम्मद बिन सलमानले अमेरिकाको स्वार्थका लागि साउदी अरेबियाले काम नगर्ने र आफ्नो स्वार्थ र हितका लागि काम गर्ने बताउनुभएको छ ।

Dirghayu Ads

यसअघि अमेरिकाको नेतृत्वमा तेल उत्पादन गर्ने राष्ट्रहरूको सङ्गठन ओपेक रहेकोमा केही वर्षअघि साउदी अरब, रुसलगायतका देशले ओपेक प्लस सङ्गठन निर्माण गरेका छन् । तेलको भाउ बढ्दा रुसलाई फाइदा हुने भन्दै अमेरिकाले तेल उत्पादन बढाएर भाउ घटाउन साउदी अरबलाई दबाब दिइरहेको छ । उज्यालो अनलाइन बाट सभार

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.