सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

रवि लामिछानेले दर्ता गराए उम्मेदवारी

Far weast coaching ad
20
Sana Kishan

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले चितवन २ मा मनोनयन दर्ता गराएका छन्। वैशाख १० गते हुने उपनिर्वाचनका लागि सभापति लामिछानेले मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर मनोनयन दर्ता गराएका हुन्।

लामिछाने मंसिर ४ गतेको निर्वाचनमा फराकिलो मतान्तरले विजयी भएका थिए। लामिछाने विरुद्ध तीन दलले उम्मेदवारी दिँदैछन्। कांग्रेसले जितनारायण श्रेष्ठ, एमालेले रामप्रसाद न्यौपाने र राप्रपाले जीवलाल पुरीलाई उम्मेदवार बनाएको छ।

Arus
Karnali Traders

निर्वाचन आयोगले सबै दललाई फरक फरक समय तोकिदिएको छ। लामिछानेले दिउँसो १ बजे उम्मेदवारी दर्ताका लागि समय लिए पनि तनहुँ जाने कार्यक्रम भएकाले बिहानै उम्मेदवारी दर्ता गराएका हुन्।

कांग्रेसलाई दिउँसो २ बजे, एमाले ३ बजे र राप्रपालाई अपराह्न ४ बजे उम्मेदवारी दर्ताका लागि समय तोकिएको छ। थाहा खबर बाट सभार

 

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.