सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

आउँदो बैशाख १० गते हुने उपनिर्वाचनका लागि भोलि उम्मेदवारी दर्ता

Far weast coaching ad
31
Sana Kishan

आउँदो बैशाख १० गते हुने उपनिर्वाचनका लागि भोलि सोमबार उम्मेदवारी दर्ताको कार्यक्रम रहेको छ । उम्मेदवारी दर्ताको अघिल्लो दिन आज राजनीतिक दलहरु उम्मेदवार छनोट र चुनावकेन्द्रित रणनीति बनाउन जुट्दै छन् ।

उपनिर्वाचनको लागि केही दलहरुले उम्मेदवारको नाम सार्वजनिक गरिसकेका छन् भने केहीले आज सार्वजनिक गर्दैछन् । आज नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दैछ । आजको बैठकले बारा २ मा उम्मेदवारी दिने वा जसपाका उम्मेदवारलाई समर्थन गर्ने निर्णय गर्ने बताइएको छ ।

Arus
Karnali Traders

कांग्रेसले तनुहँ–१ मा गोविन्द भट्टराई र चितवन–२ मा जीतनारायण श्रेष्ठलाई उम्मेदवार बनाएको छ ।

नेकपा एमालेले बारा–२ मा उठाउने उम्मेदवार आज तय गर्दैछ । एमालले तनहुँ–१ मा सर्वेन्द्र खनाल र चितवन–२ मा रामप्रसाद न्यौपानेललाई उठाउने निर्णय गरिसकेको छ ।

यस्तै ,राष्ट्रिय स्वतन्त्र पार्टीले चितवन–२ मा रवि लामिछाने, तनहुँ–१ मा डा. स्वर्णिम वाग्ले र बारा–२ मा रमेश खरेललाई उम्मेदवार बनाउने निर्णय गरेको छ । गोदावरी न्युज बाट सभार

 

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.