महेन्द्रनगरः नेपाल विद्यार्थी संघ कैलाली द्वारा जिल्ला प्रशासन कार्यालय कैलालीमा ज्ञापन पत्र बुझाएको छ। प्रहरी जिल्ला कार्यालय कैलालीमा कैदी बन्दीहरुले बस्ने ठाउँमा स्वच्छ खानेपानी एबम् गुणस्तरीय शौचालय नभएकाले विभिन्न समस्याहरू भोग्नुपरेको र विभिन्न सरुवा अन्य रोगहरू हुन सक्ने सम्भावना रहेको हुनाले उक्त समस्यालाई समयमै न्यूनीकरण गर्नका लागि तथा कैदीहरुलाई स्वच्छ वातावरणमा बसाउनु पर्ने माग राख्दै नेबिसंघ कैलालीले ज्ञापन पत्र बुझाएको हो अध्यक्ष कुँवरले भन्नुभयो। नेबिसंघ नेपालको शैक्षिक ,राजनीतिक,आर्थिक,सामाजिक, विकृति विसंगतिलाई न्यूनीकरण गर्नको लागि स्थापना कालदेखि नै सक्रिय भूमिका निभाउदै आइरहेको र अझै निरन्तर लागिरहने प्रतिवद्धता व्यक्त गर्दछु,” अध्यक्ष मनिष कुँवर भने”।

“यस्तो थियो नेबिसंघ कैलालीको ज्ञापन पत्रमा”
श्री प्रमुख जिल्ला अधिकारी जिल्ला प्रशासन कार्यालय कैलाली विषय :- ज्ञापन पत्र नेपालको शैक्षिक , राजनीतिक , आर्थिक , समाजिक विकृति विसङ्ग्ती , कुरती-कुसङ्गती-अत्याचार , भष्ट्राचार विरुद्ध नेपाल विद्यार्थी संघ आफ्नो स्थापना काल देखिनै विद्यार्थी र आम जन सर्वसाधारणका जनजिवीकिका लगायत विविध पक्षमा वकालत एव संघर्ष गर्दै नेपालका सबै खाले आन्दोलनको नेतृत्वदायी भुमिका निभाउदै आएको जगजाहेर नै छ । उपोरोक्त विषय सम्बन्धमा कैलाली प्रहरी कार्यालयमा कैदी बन्दीहरुले बस्ने ठाउँमा स्वच्छ खानेपानी एवम् गुणस्तरीय शौचालय नभएकाले विभिन्न समस्या भोग्नु परेको र विभिन्न सरुवा तथा अन्य रोगहरु हुन सक्ने सम्भावना रहेको तँहाको कार्यालयमा जानकारी गराउदछु । उक्त समस्यालाई समयमै न्यूनीकरण गर्नका लागि तपशिल बमोजिमका मागहरु पूरा गरिनु पर्ने र कैदी बन्दीहरुलाई स्वच्छ सफा वातावरणमा बसाईनु पर्ने यसै ज्ञापन पत्र मार्फत अवगत गराउदछु ।

तपशिल :-
१. कैदि बन्दिहरुलाई सहज हुने गरि स्वच्छ खानेपानीको धारा जडान गराईनुपर्ने ।
२. कैदी बन्दीहरुले प्रयोग गर्ने शौचालयलाई गुणस्तरीय बनाईनुपर्ने र आवश्यक्ता अनुरुप थप गुणस्तरीय शौचालय निर्माण गराईनुपर्ने ॥ यही ज्ञापन पत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी युवराज कटेल ले “तपाईहरुको माग जायज रहेको र मागहरु पूरा गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराउने कुरा समेत व्यक्त गर्नु भयो”।










Discussion about this post