सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

बैतडीमा भिरबाट लडेर एक जनाको मृत्यु

बैतडी– बैतडीमा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ । जिल्लाको पाटन नगरपालिका वडा नं ४ बत्थीका ५० वर्षिय जगदिश सिंह महराको आइतबार भिरबाट लडेर मृत्यु भएको हो ।

आज दिउंसो १ बजे वडाकै बग्गीचोर भन्ने ठाउँमा महरा भिरबाट लडेर गम्भीर घाइते भएका थिए । लडेर गम्भीर भएका उनलाई उद्धार गरेर पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा लगिएको थियो ।

Sana Kishan

महरालाई स्वास्थ्य केन्द्रमा पुर्याएपनि उपचारका क्रममा उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय पाटनका इन्चार्ज योगेश खत्रीले जानकारी दिए । ‘दिउंसो १ बजे भिरबाट लडेका रहेछन्, हामीलाई खरब आयो, उद्धार गरेर स्वास्थ्य केन्द्रमा पुर्याएका थियौँ,१ः४५ मा उपचारकै क्रममा उनको मृत्यु भयो,’ प्रहरी इन्चार्ज खत्रीले भने ।

 

World Link Ads
Mahakali Polytechnic

(सगुन खबरबाट साभार)

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.