सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

१७ क्याम्पसमा स्ववियु निर्वाचन अनिश्चित

विद्यार्थी संगठनबीचको विवादका कारण त्रिभुवन विश्वविद्यालय (त्रिवि) अन्तर्गतका डेढ दर्जन बढी आंगिक क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन अनिश्चित भएको छ।

त्रिविले आफूअन्तर्गतका सम्पूर्ण आंगिक र सम्बन्धन प्राप्त क्याम्पसमा चैत ५ गतेसम्म निर्वाचन गरिसक्न निर्देशन दिएको थियो। विश्वविद्यालयअन्तर्गत ६२ वटा आंगिक र एक हजारभन्दा बढी सम्बन्धन प्राप्त क्याम्पस छन्। ४४ वटा आंगिक र सम्बन्धन प्राप्तमध्ये अधिकांश क्याम्पसमा निर्वाचन सम्पन्न भइसकेको छ।

स्ववियु निर्वाचनसम्बन्धी निर्देशिकामा पहिलो पटक निर्वाचन तोकिएको मितिले एक महिनाभित्र निर्वाचन सम्पन्न गर्नुपर्ने व्यवस्थाछ। यसकारण हाल निर्वाचन स्थगित भएका क्याम्पसमा आगामी वैशाख ५ भित्र निर्वाचन गर्नैपर्छ।

World Link Ads
Mahakali Polytechnic
Sana Kishan

निर्वाचन स्थगित भएकामध्ये अधिकांशमा विद्यार्थी भर्नामा अनियमितता भएको दाबी गर्दै तालाबन्दी गरिएको छ। उपत्यकाका रत्नराज्यलक्ष्मी, त्रिचन्द्र, अमृत साइन्स, पाटन संयुक्त, विश्वभाषा क्याम्पस, आयुर्वेद क्याम्पसमा पनि ताला लागेको छ। नेपाल कमर्स क्याम्पसमा भने शनिबार निर्वाचन हुँदैछ।

पोखरास्थित पृथ्वीनारायण क्याम्पसको निर्वाचन अदालतको आदेशका कारण रोकिएको छ। पोखराकै पश्चिमाञ्चल इन्जिनियरिङ कलेज, नर्सिङ कलेज, धवलागिरि बहुमुखी क्याम्पस बागलुङमा विद्यार्थीको तालाबन्दीका कारण निर्वाचन रोकिएको छ।

नेविसंघका अध्यक्ष दुजाङ शेर्पाले पनि तालाबन्दी भएका क्याम्पसहमा ताला खुलाउने र निर्वाचन गर्ने विषयमा पहल भइरहेको बताए। अनेरास्ववियुका अध्यक्ष समिक बडालले पनि आफूहरूले निर्वाचन जित्ने पक्का भएका क्याम्पसमा अन्य संगठनले ताला लगाएको आरोप लगाए।

‘विवाद रहेका क्याम्पसमा पनि वैशाख ५ गतेभित्र स्ववियु निर्वाचन हुन्छ भन्नेमा विश्वस्त छौँ’, स्वतन्त्र विद्यार्थी युनियन निर्वाचन केन्द्रीय समन्वय समितिका सदस्यसचिव प्राध्यापक पशुपति अधिकारीले भने। थाहा खबर बाट सभार

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.